आज २०८० साल पुस ११ गते बुधबारको राशिफल « Khabarhub

आज २०८० साल पुस ११ गते बुधबारको राशिफल


११ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


11.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल पुस ११ गते बुधबार तदनुसार सन् २०२३ डिसेम्बर २७ तारिख। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेश :

मेष : दिन सामान्य छ। राम्रो बोले पनि साथीहरुले अर्को अर्थ लगाउने छन्। साथी चिनेर अगाडि बढ्नु राम्रो हुन्छ। परिवारमा झगडा पर्ने खतरा देखिन्छ।

वृष : आर्थिक क्षेत्रमा सोचेको भन्दा राम्रो प्रतिफल प्राप्त हुनेछ। धर्मभन्दा कर्मलाई प्राथमिकता दिनु फाइदा जनक देखिन्छ। पारिवारिक सम्बन्ध सुमधुर हुनेछ। धेरै बोल्नुभन्दा सोचेर काम गर्नु राम्रो हुन्छ।

मिथुन : चन्द्रमा अनुकुल छन्। यसले गर्दा धन अचानक प्राप्त हुनसक्छ। साथीलाई विश्वास गर्नु भन्दा आफ्नो काम आफ्नै विवेकले गर्नु राम्रो हुन्छ। पारिवारिक सम्बन्धमा राम्रो सहयोग मिल्नेछ। प्रेममा सफल मिल्नेछ।

कर्कट : दिन सामान्य छ। आर्थिक र सामाजिक क्षेत्रमा विवाद हुनसक्छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। वैदेशिक लगानीमा ठग सक्रिय हुनसक्छन्। परिवारको साथ राम्रो हुनेछ।

सिंह : दैनिकी राम्रो छ। विदेश जाने योग रहेको छ। यसले फाइदा हुनेछ। हरेक क्षेत्रमा आफूले नेतृत्व गर्नु राम्रो हुन्छ। परिवारको सहयोग नमिल्ने देखिन्छ। प्रेममा धोका हुनसक्छ।

कन्या : दिन राम्रो छ। तपाईंले गरेको कामको प्रशंसा हुनेछ। साथीभाइको सहयोग रहन्छ। शिक्षा र स्वास्थ्यका क्षेत्रमा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रमा विवाद हुने योग छ।

तुला : दिन राम्रो छ। हरेक क्षेत्र सबल छन्। दुवै हातमा लड्डु प्राप्त हुँदैन। आर्थिक पक्ष सबल भए पनि परिवारको साथ नमिल्न सक्छ। बोलेर भन्दा सोचेर काम गर्नु राम्रो हुन्छ।

वृश्चिक : आजको दिन सामान्य छ। स्वास्थ्यमा समस्या देखिन सक्छन्। आज बिहान उठेर सूर्यको दर्शन गर्नु राम्रो हुन्छ। प्रेम र परिवार सुख प्राप्त हुनेछ।

धनु : दिन राम्रो छ। आफ्नो क्षेत्रमा प्रभावकारी प्रस्तुति आवश्यक देखिन्छ। वैदेशिक लगानीमा फाइदा मिल्नेछ। परिवारको साथ मिल्नेछ।

मकर : समय मिश्रित छ। मित्रले सहयोग गर्ने योग रहेको छ। प्रत्येक पाइलामा अवरोध आए पनि परिवार र राज्यको सहयोग मिल्नेछ। प्रेममा उत्साह प्राप्त हुनसक्छ।

कुम्भ : शनिदेवको छाया योग रहेको छ। जन्मकुण्डलीमा शनि सकारात्मक रहे उन्नति प्रगति हुन्छ। पारिवारका सदस्य रिसाएकाले बुझेर काम गर्नु राम्रो हुन्छ।

मीन : आर्थिक र सामाजिक क्षेत्र सबल रहे पनि खुट्टा तान्नेहरुले असफल बनाउन सक्छन्। वैदेशिक लगानीमा फाइदा हुनेछ। कुनै जागिर गर्नुहुन्छ भने बढुवा हुने देखिन्छ। परिवारको साथ मिल्नेछ।

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  ५ : १३ बजे

आज २०८२ साल माघ २० गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २० गते मंगलबार फागुन

सिक्लेसमा एकै महिनामा पाँच हजार ५३ पर्यटक

गण्डकी – सन् २०२६ को जनवरीमा कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा

झापामा ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते

झापा – यहाँको गौरादह नगरपालिका—४ मा आज साँझ ट्र्याक्टर दुर्घटना

भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा छापा, १० जना पक्राउ

काठमाडौँ- भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा भारतीय सुरक्षाकर्मीले छापा

चितवनमा सडक जाम गरेर सभा गर्न खोज्ने तीन जना पक्राउ

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनले सडक जाम गरेर सभा