बालुवाटारमा दलको बैठक बसेकोप्रति राप्रपाको आपत्ति « Khabarhub

बालुवाटारमा दलको बैठक बसेकोप्रति राप्रपाको आपत्ति


११ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपाले जनताको पैसाबाट चल्ने बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा दलको बैठक बसेपछि आपत्ति जनाएको छ ।

राप्रपाका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले  प्रधानमन्त्रीको सरकारी निवासमा मोर्चा वा कुनै पनि दलीय बैठक बस्नु आपत्तिजनक रहेको बताएका छन् । 

देशको प्रधानमन्त्री बस्ने र जनताको पैसाबाट चल्ने सरकारी निवासलाई कुनै दल विशेष वा मोर्चाको सम्पर्क कार्यालयजस्तो बनाउन नहुने भन्दै उनले यो विषय नैतिक आचरणको रहेको बताए ।

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा समाजवादी मोर्चा नेपालको बैठक बसेको थियो ।

यसबारे सामाजिक सञ्जाल फेसबुकमा प्रवक्ता श्रेष्ठले लेखेका छन् :

समाजवादी मोर्चाको बैठक वा कुनै पनि दलीय बैठकहरू प्रधानमन्त्रीको सरकारी निवासमा गरिनु आपत्तिजनक छ। देशको प्रधानमन्त्री बस्ने, जनताको पैसाबाट चल्ने सरकारी निवासलाई कुनै दल विशेषको, मोर्चाको सम्पर्क कार्यालय जस्तो बनाइनु हुँदैन । यो मूलतः नैतिकताको विषय हो।

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  ४ : १७ बजे

रुसी राष्ट्रपति पुटिन भारतमा, स्वागत गर्न विमानस्थल पुगे मोदी

नयाँ दिल्ली – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

सप्तरी – कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट

रास्वपाले माग्यो समानुपातिक उम्मेदवार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने

मधेश सरकार गठनबारे अझै जुटेन सहमति

धनुषा- मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात दलको

मधेसमा नयाँ सरकार गठन गर्न सहमति जुटेन

धनुषा – मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात