पहिलो टी२० मा न्युजिल्यान्ड बंगलादेशसँग ५ विकेटले पराजित « Khabarhub

पहिलो टी२० मा न्युजिल्यान्ड बंगलादेशसँग ५ विकेटले पराजित


११ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – घरेलु टोली न्युजिल्यान्ड पहिलो टि२० आई क्रिकेटमा बंगलादेशसँग ५ विकेटले पराजित भएको छ । यो जितसँगै तीन टि२० आई खेलको सिरिजमा बंगलादेशले १–० को अग्रता लिएको छ ।

जितको लागि १ सय ३५ रनको विजयी लक्ष्य पछ्याएको बंगलादेशले ८ बल बाँकी हुँदै ५ विकेट गुमाएर लक्ष्य भेट्यायो । बंगलादेशको जितमा ओपनर लिटन दासले अविजित ४२ रन बनाए ।

सौम्य सरकार २२, नाज्मुल हसन सान्टो १९, रोनी तलुकदार १०, मेहेदी हसन र तौहिद हृदोय १९–१९ रनमा आउट भए ।

न्युजिल्यान्डका टिम साउथी, एडम मिल्ने, जेम्श निसम, बेन सियर्स र मिचेल सान्टनारले समान १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३४ रन बनायो । न्युजिल्यान्डका जेम्श निसमले ४८ रन बनाए ।

फिन एलेन १, टिम सिफर्ट शून्य, डर्याल मिचेल १४, ग्लेन फिलिप्स शून्य, मार्क च्यापम्यान १९, कप्तान मिचेल सान्टनार २३ र एडम मिल्ने १६ रनमा आउट भए ।

बंगलादेशका शोरिफुल इस्लामले ३ विकेट लिए । न्युजिल्यान्ड र बंगलादेशको दोस्रो खेल शुक्रबार र तेस्रो तथा अन्तिम खेल आइतबार हुनेछ ।

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  ५ : १६ बजे

हुम्लामा दुई मतदानस्थल थपिए

सिमकोट– आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्यको निर्वाचनका

सूर्यविनायक–साँगा सडक विस्तार कार्य सुस्त

भक्तपुर– सूर्यविनायक–धुलिखेल ६ लेन सडक विस्तारको काम अत्यन्त सुस्त हुँदा

८ ओभर ४ बलको संघर्षपछि लुम्बिनीले लियो विराटनगरको तेस्रो विकेट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबारको

सभापतिको तयारीमा जुटे गगन, टिमबारे गरिरहेका छन् छलफल

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापा आगामी पुस २७ गतेदेखि

झापामा दुई मतदानस्थल सारिए, डेढ सय बढी केन्द्र थपिँदै

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गर्दै