पहिलो टी२० मा न्युजिल्यान्ड बंगलादेशसँग ५ विकेटले पराजित « Khabarhub

पहिलो टी२० मा न्युजिल्यान्ड बंगलादेशसँग ५ विकेटले पराजित


११ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – घरेलु टोली न्युजिल्यान्ड पहिलो टि२० आई क्रिकेटमा बंगलादेशसँग ५ विकेटले पराजित भएको छ । यो जितसँगै तीन टि२० आई खेलको सिरिजमा बंगलादेशले १–० को अग्रता लिएको छ ।

जितको लागि १ सय ३५ रनको विजयी लक्ष्य पछ्याएको बंगलादेशले ८ बल बाँकी हुँदै ५ विकेट गुमाएर लक्ष्य भेट्यायो । बंगलादेशको जितमा ओपनर लिटन दासले अविजित ४२ रन बनाए ।

सौम्य सरकार २२, नाज्मुल हसन सान्टो १९, रोनी तलुकदार १०, मेहेदी हसन र तौहिद हृदोय १९–१९ रनमा आउट भए ।

न्युजिल्यान्डका टिम साउथी, एडम मिल्ने, जेम्श निसम, बेन सियर्स र मिचेल सान्टनारले समान १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३४ रन बनायो । न्युजिल्यान्डका जेम्श निसमले ४८ रन बनाए ।

फिन एलेन १, टिम सिफर्ट शून्य, डर्याल मिचेल १४, ग्लेन फिलिप्स शून्य, मार्क च्यापम्यान १९, कप्तान मिचेल सान्टनार २३ र एडम मिल्ने १६ रनमा आउट भए ।

बंगलादेशका शोरिफुल इस्लामले ३ विकेट लिए । न्युजिल्यान्ड र बंगलादेशको दोस्रो खेल शुक्रबार र तेस्रो तथा अन्तिम खेल आइतबार हुनेछ ।

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  ५ : १६ बजे

राष्ट्रसंघमा जलवायु न्यायसहितका मुद्दा बलियोसँग उठायौँ : मन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताले देशको

पूर्वाधार विकासमा बैंक लगानी र सहकार्य विस्तारमा भ्रमण फलदायी

काठमाडौं– एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री

जेराल्डटनमा गोली चल्दा एक जना घाइते, पाँच पक्राउ

सिड्नी- पश्चिमी अस्ट्रेलियाको जेराल्डटनमा एक व्यक्तिमाथि गोली प्रहार भएपछि प्रहरीले पाँच

बजाज चेतकको ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक

काठमाडौं– नेपालका लागि बजाज दुईपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक हंसराज

पोस्टरमै उल्टो गेटअपले कौतुहल जगाएको ‘परिवार’ को टिजरमा के छ ?

काठमाडौं– एउटा बिहान उठ्दा श्रीमान् र श्रीमतीले आफूलाई आफ्नै शरीरमा