जाजरकोटमा चिसोका कारण २४ दिनकी सुत्केरीको मृत्यु « Khabarhub

जाजरकोटमा चिसोका कारण २४ दिनकी सुत्केरीको मृत्यु


११ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– जाजरकोटमा २४ दिनकी सुत्केरीको चिसोले मृत्यु भएको छ। कुशे गाउँपालिका-९ घर्तीगाउँकी २४ वर्षीया कल्पना नेपालीको बुधबार मृत्यु भएको प्रहरीको भनाइ छ।

उनले २४ दिनअघि छोरालाई जन्म दिएकी थिइन्। यसअघि एउटा दुई वर्षीय छोरा रहेकोमा उनको दोस्रो सन्तानलाई जन्म दिएकी थिइन्।

तीन दिनअघिदेखि कल्पनाको शरीर सुन्निएको थियो। कल्पनाको परिवार कात्तिक १७ गतेको भूकम्पपछि पालमुनि बस्दै आएका थिए। 

त्रिपालमुनिको बसाइँले बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिन थालेको छ । 

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  ६ : १७ बजे

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी

देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं – बाढी, पहिरोलगायतका विपद् तथा जनस्वास्थ्यमा पर्न सक्ने जोखिमलाई