सामाजिक सञ्जालमा पशुपति शर्माको समर्थन, सरकारको विरोध « Khabarhub

सामाजिक सञ्जालमा पशुपति शर्माको समर्थन, सरकारको विरोध


५ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा विद्यमान विभिन्न कुरीति र भ्रष्टाचारलाई विषय बनाएर गायक पशुपति शर्माले सार्वजनिक गरेको ‘लुट्न सके लुट’ गीतमा सरकार पक्षको असन्तुष्टि देखिएपछि सर्जक शर्माले आफ्नो युट्युब च्यानलबाट यो गीत हटाएका छन् ।

गीत हटाइएपछि सामाजिक सञ्जालमा गायक पशुपति शर्मा र सम्रग संगीत क्षेत्रको समर्थनमा सरकारको व्यापक विरोध भएको छ । सामाजिक सञ्जालमा सरकारको विरोधमा हजारौँ पोस्टहरु गरिएका छन् । सरकारका समर्थकले भने पशुपति शर्माले गीत हटाएर ठीकै गरे भन्ने आशयका अभिव्यक्ति दिइरहेका छन् ।

यता पार्टीका भातृ संगठनहरुले विज्ञप्ति नै जारी गरेर पशुपति शर्माका कार्यक्रम बहिष्कार गर्ने बताएका थिए ।

गायक शर्माले सामाजिक सञ्जाल फेसूबकमा एक लामो स्टाटस लेख्दै गीत आफूले कुनै राजनीतिक आग्रह र पूर्वाग्रहमा गीत नगाएको स्पष्ट पारेका छन् । शर्माले गीतका केही शब्दलाई लिएर देखिएको असहमतिप्रति ‘हृदयदेखि माफी’ मागेर गीत हटाएका छन् । उनले सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन्, ‘जुन जुन शब्दमा असन्तुष्टि देखियो, म ती शब्दहरुलाई परिमार्जन गर्न गइरहेको छु ।’

उनको भनाइ सार्वजनिक भएसँगै सरकारको विरोध थालिएको हो । जनताले सरकारले एक सर्जकको गीतलाई पचाउन नसकेको भन्दै आक्रोश पोखिएको हो ।

कार्टुनिस्ट रवि मिश्रले माइक्रो ब्लगिङ साइट ट्वीटरमा लेखेका छन्, ‘गीत गाउनु गलत थिएन, आलोचना हुनु गलत थिएन, त्यसैमा बहकिएर गीत हटाउनु चाहिँ गलत थियो, त्यसैले लूटकाण्डमा गलत अरु कोही हुन् भने पशुपति शर्मा नै हुन्, तथापि आफ्नो जिनिस अपलोड्नु र डिलिटिनु उनको अधिकार हो ।’

यस्तै शर्मिला बजगाईंले ट्वीटरमै व्यङ्ग्य गर्दै लेखेकी छिन्, ‘पशुपति शर्माको लुट्न सके लुट गीत प्रतिबन्ध गर्ने सरकार अब बद्री पंगेनीको मै पनि एमाले सै पनि एमाले गीतलाई राष्ट्रिय गीत घोषणा पनि गर्ने हो कि ?’, अर्का ट्वीटर प्रयोगकर्ता विद्युत लामिछानेले लेखेका छन्, ‘मै पनि एमाले सै पनि एमाले गीत ठीक थियो, यसरी भ्रष्टाचारीविरुद्ध बोलेपछि पशुपति शर्माको गीत बन्द नगरे कस्को गर्ने त?’

कलाकार दीपकराज गिरीले छोटो स्टाटसमा पशुपति शर्माको समर्थन गरेका छन् । उनले लेखेका छन्, ‘लुट्नसम्म लुट कान्छा लुट्नसम्म लुट, धेरै बोले कारवाही हुन्छ, चुप लागेर सुत ।’

यस्तै नृत्य निर्देशक शंकर बिसीले सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन्, ‘गायक पशुपति शर्मा आफैले गीत हटाउने निर्णय गरिसकेका कारण यो विषयमा थप विवाद गरिरहनु उपयुक्त लागेन, परिमार्जनसहित गीत अझ सशक्त बनेर आओस्, मेरो शुभकामना ।’

फेसबूकमै पत्रकार विजय देवकोटाले लेखेका छन्, ‘जब पतित कम्युनिस्ट र भ्रष्ट उदारवादीले सत्ता पाउँछः जनताको मुख थुन्ने धन्दा चलाउँछ ।’

शर्माको ‘लुट्न सके लुट’ मा समावेश गरिएका केही शब्दलाई लिएर सरकार पक्षले असन्तुष्टि जनाएको थियो । मिडियामा गीत प्रतिबन्धबारे छलफल भएको समाचार आएपछि शर्माले यो गीत युट्युबबाट हटाएका थिए ।

उनले हटाए पनि यो गीत सामाजिक सञ्जालमा अरु प्रयोगकर्ताले अपलोड गरेका छन् । यता पशुपति शर्मालाई फोन सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  ११ : ५० बजे

आदिवासी दिवसमा आङ्देम्बेको चेतावनी- ‘सङ्घीयता र समानुपातिक प्रतिनिधित्व कमजोर पार्न पाइँदैन’

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता

हर्मुज खुला गर्न इरानद्वारा अमेरिकी नाकाबन्दी अन्त्यको सर्त

काठमाडौँ – हर्मुज स्ट्रेट खुला गर्नका लागि अमेरिकी जलसेनाको नाकाबन्दी

भदौ १५ गते १९औँ पुस्तकालय दिवस मनाइने

काठमाडौँ– १९औँ पुस्तकालय दिवस आगामी भदौ १५ गते विभिन्न रचनात्मक

सात महिनाको सम्झौता, दुई वर्षमा पनि सकिएन

बागलुङ– निर्माण व्यवसायीको चरम लापरवाही बागलुङ जिल्ला सदरमुकामको एक राजमार्गमा

आज विश्व आदिवासी दिवस मनाइँदै, अधिकार र पहिचान संरक्षणमा जोड

काठमाडौँ– विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको संरक्षण