अपहरण परेको छत्तीस घण्टापछि शिशुको सकुशल उद्धार « Khabarhub

अपहरण परेको छत्तीस घण्टापछि शिशुको सकुशल उद्धार


१२ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंको गौशालाबाट अपहरणमा परेकी दुई वर्ष पाँच महिनाकी शिशु आशिका सुनुवारलाई ३६ घण्टापछि प्रहरीले सकुशल अपहरणमुक्त गरेको छ।

नेपाल प्रहरीको एक टोलीले आज भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोट पानीट्याङ्कीबाट उनलाई सकुशल उद्धार गरी अभिभावकको जिम्मा लगाएको छ ।

काठमाडौँ महानगरपालिका–८ गौशालामा चिया पसल सञ्चालन गर्दै आएका शिशुका अभिभावकसँगै रहेकी उनलाई गत मङ्गलबार चिया खान आएका व्यक्तिले लगेको भन्दै प्रहरीमा उजुरी गरेपछि खोजी सुरु भएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौँ र उपत्यका अपराध अनुसन्धान महाशाखाबाट खटिएको प्रहरीको संयुक्त टोलीले आज भक्तपुरबाट बालिकाको उद्धार गरेर अभिभावकलाई बुझाएको हो । बालिका अपहरणको आरोपमा एकजनालाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ पुस २०८०, बिहीबार  १० : ५७ बजे

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

विर्तामोड – श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि