ढुङ्गा उत्खनन गर्ने ट्याक्टरसहित ४ जना पक्राउ « Khabarhub

ढुङ्गा उत्खनन गर्ने ट्याक्टरसहित ४ जना पक्राउ


१३ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

बारा– बन सुरक्षाकर्मीसहित प्रहरीको टोलीले निजगढ नगरपालिका वडा नम्बर १ सिंगौलबाट अवैध उत्खननको ढुङ्गासहित ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा निजगढ वडा नम्बर १ का वर्ष २० का समिर धामी, वर्ष १७ का सनी धामी, वर्ष २७ का शेष चौधरी र वर्ष १७ का सिद्धान्त धामी रहेका छन ।  

सव डिभिजन वन कार्यालय निजगढका प्रमुख रघुनाथ दासका अनुसार चुरे क्षेत्रमा पर्ने धन्सार खोलाबाट अवैध उत्खनन गरेर प्र २- ०३-००१ त ९२२ नम्बरको ट्याक्टरमा राखेर ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई ट्याक्टरसहित पक्राउ गरिएको हो ।

पक्राउ परेका सबैलाई थप कारबाहीको लागि डिभिजन वन कार्यालय सिमरा पठाइएको कार्यालय प्रमुख दासले जानकारी दिए । 

सिगौंल क्षेत्रमा अवैध उत्खनन बढेको गुनासो बढेपछि नियन्त्रणमा सव डिभिजन वन कार्यालय निजगढ, सशस्त्र प्रहरीको वल विपद व्यवस्थापन वेस निजगढ र इलाका प्रहरी कार्यालय निजगढबाट सुरक्षाकर्मीको संयुक्त परिचालन गरिएको थियो । 

 

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ८ : ४६ बजे

तराईका घटना : रास्वपाको भूमिकाप्रति शंकर पोखरेलको प्रश्न

काठमाडाैँ – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सुनसरी, सिराहा र

अवैध कारोबारको आशंकामा विराटनगरको देवनरा समूहमा प्रहरीको छापा

विराटनगर – अवैध कारोबार तथा कर छलीको आशंकामा विराटनगरको चर्चित

सवारी साधनको ठक्करबाट वृद्धको मृत्यु

झापा– झापाको कन्काई नगरपालिका– ४ कोटीहोममा सवारी साधन ‘पिकअप’को ठक्करबाट

भदौदेखि आन्दोलन गर्ने शिक्षक महासंघको घोषणा

काठमाडौँ – नेपाल शिक्षक महासंघले आगामी भदौ महिनादेखि देशव्यापी आन्दोलन

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार बस्दैछ ।