रास्वपाले गृहमन्त्रीसँग सोध्यो– देश छोड्न खोज्ने युवालाई संसार छोड्न किन बाध्य पार्नुभयो ? | Khabarhub Khabarhub

रास्वपाले गृहमन्त्रीसँग सोध्यो– देश छोड्न खोज्ने युवालाई संसार छोड्न किन बाध्य पार्नुभयो ?


१४ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले बालकुमारीमा भएको घटनाबारे प्रधानमन्त्री र गृहमन्त्रीको जवाफ मागेको छ ।

ललितपुरको बालकुमारी घटनाको विरोधमा शनिबार काठमाडौंमा प्रदर्शन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग जवाफ माग गरेको हो ।

रास्वपाले पुत्ला बनाएर प्रधानमन्त्री र गृहमन्त्रीको जवाफ मागेको हो । रास्वपाले प्रधानमन्त्रीलाई रोजगारीका लागि विदेश जान पनि विभेद नहोस् भन्नेलाई किन गोली हानेर मार्न लगाउनु भयो ? भनेर प्रश्न गरेको छ ।

यस्तै ‘प्रधानमन्त्रीज्यू, नागरिकको ‘हत्या’ का लागि गोली बर्साउन आदेश दिने गृहमन्त्रीलाई कहिले बर्खास्त गर्नुहुन्छ ?’ रास्वपाले गृहमन्त्रीको राजीनामा समेत मागेको छ ।

उसले ‘हिजोको घटनापछि तपाईँ यो देशको गृहमन्त्री भइरहनु पर्ने एउटा मात्रै कारण देखाइदिनु न गृहमन्त्रीज्यू, जवाफ चाहियो, दुई युवा देश छोड्न खोज्दै थिए, संसार छोड्न बाध्य बनाइदिनुभयो है, किन गृहमन्त्रीज्यू ? जवाफ चाहियो, आन्दोलनलाई नियन्त्रण गर्न सुरुमै गोली चलाउने आदेश किन दिनुभयो गृहमन्त्रीज्यू जवाफ चाहियो ।’ लगायतका प्रश्नहरू गरेको छ ।

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  ५ : ४५ बजे

नेप्सेले डाटा सेन्टर निर्माण गर्ने

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले डाटा सेन्टर निर्माण गर्ने

सिरहामा सत्तरी लाख खर्चेर ‘डिप बोरिङ’

सिरहा– खडेरीले रोपाइँ गर्न नपाएका किसानको सहायतार्थ गोलबजार नगरपालिका–२ निपनियामा ७० लाख

मानपुर–डेढगाउँ सडक कालोपत्र सम्पन्न

तनहुँ– बाह्र किलोमिटर मानपुर–डेढगाउँ सडक र शालिग्राम करिडोरअन्तर्गत १० किलोमिटर

अन्तर्राष्ट्रिय आलोचनाबीच इजरायलले सुरु गर्‍याे गाजा नियन्त्रण अभियान

काठमाडौं– इजरायली सेनाले गाजा सहर कब्जा गर्ने योजनाअन्तर्गत कारबाही प्रक्रिया

अन्तिम समयमा उम्मेदवार छनौट गर्ने परम्परा अन्त्य गर्नुपर्छ : कल्याण गुरूङ

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याणकुमार गुरूङले तीनवटै तहमा