एक वर्षमा २५०० करोड कमाउने पहिलो बलिउड अभिनेता बने शाहरुख | Khabarhub Khabarhub

एक वर्षमा २५०० करोड कमाउने पहिलो बलिउड अभिनेता बने शाहरुख


१५ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज सन् २०२३ को अन्तिम दिन हो । बलिउडमा यो वर्ष पूराना कलाकारको फिल्म नै हाबी भएको देखियो । शाहरुख खान, सलमान खान, सनी देवल, रणवीर कपुरले यो वर्ष बलिउडमा आफ्नो दबदबा कायमै राखे ।

पाँच वर्षपछि अभिनयमा कमब्याक गरेका शाहरुखले तीन फिल्ममा अभिनय गरे । दुई फिल्म १ हजार क्लबमा प्रवेश गरे भने डंकी प्रदर्शनरत छ । यस फिल्मको पनि व्यापार निराशजनक छैन ।

सनी देवलको ‘गदर–२’ पनि पाँच सय करोडका प्रवेश गरेको फिल्म हो । रणवीरको ‘एनिमल’ ले पनि धेरै रेकर्ड ब्रेक गर्दै सबैभन्दा कम समयमा पाँच सय करोड प्रवेश गर्ने दोस्रो फिल्म बन्यो । अर्थात् बलिउडमा यो वर्ष चर्चामा शाहरुख, सनी र रणवीरकै फिल्म रहे ।

२५०० करोड कमायो शाहरुखको फिल्मले

पाँच वर्षपछि अभिनयमा फर्किएका शाहरुख ‘जवान’ सबैभन्दा कम दिन १३ दिनमा ५०० करोड क्लबका प्रवेश गर्‍यो । त्यस्तै, यो वर्ष सबैभन्दा बढी ११ सय करोडको व्यापार यही फिल्मले गर्‍यो ।

ट्रेड एक्पर्ट रमेश बालाका अनुसार शाहरुखको यो वर्ष प्रदर्शनमा आएको पहिलो फिल्म ‘पठान’ ले १ हजार करोडको व्यापार गरेको छ । त्यस्तै, प्रदर्शनरत ‘डंकी’ सहित शाहरुखका तीन फिल्मले यो वर्ष २५०० करोडको व्यापार गरका छन् ।

बालाका अनुसार शाहरुख एक वर्षभित्रै यो आंकडा पार गर्ने पहिलो बलिउड अभिनेता हुन् ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  २ : ४३ बजे

भारतको मेगा चिडियाखाना पुनः पशु अधिग्रहण विवादको केन्द्रमा

बैङ्कक– भारतको विशाल मेगा–चिडियाखाना भान्तारा फेरि विवादको घेरामा परेको छ ।

‘के–फुड’ कार्यक्रम सम्पन्न

काठमाडौं– कोरियामा कामको अनुभव लिएका तथा कोरिया सरकारको छात्रवृत्तिमा अध्ययन

अदालतमा विचाराधीन रविको मुद्दाबारे रास्वपा भन्छ : ४० लाख जनताले प्रतिशोध र अन्यायपूर्ण भनिसके

काठमाडौं- विभिन्न पाँचवटा सहकारीमा भएको रकम हिनामिना प्रकरणमा मुछिएका सभापति

विपन्न चेपाङ समुदायलाई न्यानो कपडा वितरण

दमौली– व्यास नगरपालिका–११ राम्चे ओडारेका विपन्न चेपाङ समुदायलाई न्यानो कपडा

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

राँझा– सडक डिभिजन कार्यालय नेपालगञ्जअन्तर्गतका चार निर्माण योजना ठेकेदार कम्पनीको लापरबाहीले