प्राकृतिक वस्तुको प्रयोगमा पछाडी छौँ : सभामुख घिमिरे « Khabarhub

प्राकृतिक वस्तुको प्रयोगमा पछाडी छौँ : सभामुख घिमिरे


१५ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्राकृतिक रुपमा पाइने वस्तुको उचित प्रयोगमा मुलुक निकै पछाडी परिरहेको बताएका छन् ।

ललितपुरको जावलाखेल खेलमैदानमा आइतबार आयोजित एक दिने ‘च्याउ मेला तथा परिकार महोत्सव’ को उद्घाटन गर्दै मुलुकमा अथाह रुपमा पाइने प्राकृतिक वस्तुहरु रहेपनि यसको उचित प्रयोगमा नेपाल निकै पछाडी परिरहेको बताएका हुन् ।

उनले स्वदेशी कृषि उत्पादनलाई प्रोत्साहन गर्न बजारीकरणका विशेष ध्यान दिनुपर्ने धारणा राखे । सभामुख घिमिरेले नेपालमा च्याउलाई विस्तारै आत्मनिर्भर बनाउनुपर्ने र यसको उपयोगका लागि उचित प्रचार गर्नुपर्ने बताए ।

च्याउ उत्पादक किसान संघ नेपालको आयोजनामा भएको महोत्सवमा मेलामा च्याउसँग सम्बन्धित स्टलहरु रहेका थिए ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ५ : ४३ बजे

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ

भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ– यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा

देवघाटलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिँदै

चितवन– देवघाटको धार्मिक क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिने भएको