प्राकृतिक वस्तुको प्रयोगमा पछाडी छौँ : सभामुख घिमिरे « Khabarhub

प्राकृतिक वस्तुको प्रयोगमा पछाडी छौँ : सभामुख घिमिरे


१५ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्राकृतिक रुपमा पाइने वस्तुको उचित प्रयोगमा मुलुक निकै पछाडी परिरहेको बताएका छन् ।

ललितपुरको जावलाखेल खेलमैदानमा आइतबार आयोजित एक दिने ‘च्याउ मेला तथा परिकार महोत्सव’ को उद्घाटन गर्दै मुलुकमा अथाह रुपमा पाइने प्राकृतिक वस्तुहरु रहेपनि यसको उचित प्रयोगमा नेपाल निकै पछाडी परिरहेको बताएका हुन् ।

उनले स्वदेशी कृषि उत्पादनलाई प्रोत्साहन गर्न बजारीकरणका विशेष ध्यान दिनुपर्ने धारणा राखे । सभामुख घिमिरेले नेपालमा च्याउलाई विस्तारै आत्मनिर्भर बनाउनुपर्ने र यसको उपयोगका लागि उचित प्रचार गर्नुपर्ने बताए ।

च्याउ उत्पादक किसान संघ नेपालको आयोजनामा भएको महोत्सवमा मेलामा च्याउसँग सम्बन्धित स्टलहरु रहेका थिए ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ५ : ४३ बजे

जन्मिदै जालझेल झेलेको कांग्रेस

राजाले संसदीय चुनाव गराउन अलमल गरेपछि बीपी कोइरालालार्ई लाग्यो- राजाको

चितवनका ६ चोकमा ट्राफिक लाइट जडान गरिँदै (तस्बिर)

चितवन– चितवनको मुख्य सहर भरतपुरभित्रका ६ वटा व्यस्त चोकमा सवारी

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका

पहिरोले अवरुद्ध चितवनको चेपाङ मार्ग आंशिक सञ्चालन

चितवन– पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता