ग्लोबल आईएमई बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन « Khabarhub

ग्लोबल आईएमई बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन


१६ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले १७औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

बैंकले चितवनको भरतपुर महानगरपालिका वडा नं. ८, शरदपुरको गौरीगंज स्वास्थ्य चौकीमा उक्त शिविर आयोजना गरेको हो ।

बैंकका अनुसार उक्त शिविरमा २०० भन्दा बढी महिलाहरूले आफ्नो स्वास्थ्य चेकजाँच गरेका छन् । यहि पौष १७ गतेदेखि ग्लोबल आइएमई बैंक १७ औँ वर्ष पुरा गर्ने बैंकले जनाएको छ ।

उक्त अभियानअन्तर्गत बैंकले नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सात वटै प्रदेशमा एक दिने निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गरिरहेको जनाएको छ ।

शिविरमा स्त्रीरोग विज्ञहरुले स्त्रीरोगसम्बन्धी विभिन्न सेवाहरु- महिलाको स्वास्थ्य परीक्षण, पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार, औषधि वितरण लगायतका सेवाहरु निःशुल्क रुपमा उपलब्ध हुने बैंकले जनाएको छ ।

प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गरी स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिने बैंकले जनाएको छ ।

बैंकले स्थापनाकाल देखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा यस्ता स्वास्थ्य शिविरहरूको आयोजना गरी ग्रामीण भेगका महिला तथा आम नागरिकलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको जनाएको छ ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  १ : १४ बजे

गृहमन्त्री सुधन गुरुङको पहिलो विदेश भ्रमण : तीन दिन भारतमा के गर्छन् ?

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका

हारले राजनीति सकिँदैन, नयाँ सिराबाट अघि बढ्छु : गुरुराज घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका निवर्तमान महामन्त्री गुरुराज घिमिरेले महामन्त्री पदमा पराजित

महामन्त्री जितेपछि डिलाले भनिन्- कांग्रेसलाई एक बनाउन विशेष भूमिका खेल्छु

काठमाडौं– नेपाली कांग्रेसकी महामन्त्री डिला संग्रौलाले छरिएका कांग्रेस एक बनाएर

बस अनियन्त्रित भई पल्टिँदा चालकसहित ७ जना घाइते

काठमाडौं– नवलपरासी पश्‍चिम बर्दघाट नगरपालिका-४, यस मोड नजिक पूर्व-पश्चिम राजमार्गमा

उपसभापतिमा पराजित भट्टराईले भने- अब अझ धेरैको भरोसा जित्न लाग्नेछु

काठमाडौँ – नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले आफूले धेरैको विश्वास