चितवनको इच्छाकामनामा सुन्तला महोत्सव सुरु « Khabarhub

चितवनको इच्छाकामनामा सुन्तला महोत्सव सुरु


१७ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनको इच्छाकामनामा सुन्तला महोत्सव सुरु भएको छ । गाउँपालिकाको आयोजनामा सोमबारदेखि  महोत्सव सुरु भएको हो ।

महोत्सवको  कृषि तथा पशुपक्षी विकासमन्त्री बेदुराम  भुसालले उद्घाटन गर्दै मन्त्री भुसालले किसानलाई उत्पादन बढाउन आग्रह गरे ।

उनले बजारीकरणका लागि  सरकारले सहयोग गर्ने नीति लिएको बताए । नेपालमा उत्पादन भएको सुन्तला चीनमा बिक्री गर्ने योजना रहेको  मन्त्री भुसालले जानकारी दिए । उनले भने, ‘बिक्रीको चिन्ता नगर्नुहोस् हामीले चीनसँग सम्झौता गरेका छौँ, यो वर्ष निर्यात गर्न नसकिएला, अर्को सिजनमा पठाउन सक्छौँ ।’

महोत्सवको अवसरमा सुन्तला खाने प्रतियोगिता, बोटमै पाहुनाले आफैँ टिप्न पाउने, सुन्तला किसानलाई विभिन्न सामग्री वितरण गर्ने, दक्ष कृषि प्राविधिकद्वारा रोगव्यादी सम्बन्धी तालिम दिने काम पनि  हुने गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बताए ।

किसनालाई सुन्तलाखेतीमा लाग्न प्रोत्साहन गर्न तथा  बजारीकरणमा सहयोग पुर्‍याउन सुन्तला महोत्सव आयोजना गरिएको अध्यक्ष गुरुङले बताए ।

गाउँपालिकाको आयोजनामा वडा नं ३ स्थित तोक्दाङ, ढाप, माझगाउँ, सिरानगाउँ, डोडेलगायत समेटेर माझगाउँमा सुन्तला महोत्सव भएको हो । महोत्सव भोलिसम्म जारी रहने छ ।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  ८ : ४९ बजे

कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ

महेन्द्रनगर – भारतसँग खुला सीमाना जोडिएको कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

कास्की – पोखरा महानगरपालिका–३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

दुई दिन मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन अपिल

काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी

ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार

बागमती – बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय र हेटौँडा

चट्याङ लागेर एक महिलाको मृत्यु

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको