काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ५०० रुपैयाँले बढेको हो ।
महासङ्घका अनुसार मंगलबार छापावाल १ लाख २१ हजार रुपैयाँ र तेजाबी सुन एक लाख २० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार छापावाल सुन १ लाख २० हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलाको ५ रुपैयाँले बढेर १४ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
प्रतिक्रिया