खेलकुद क्षेत्रको विकासमा तीनै तहले ध्यान दिनुपर्छ : राष्ट्रपति पौडेल « Khabarhub

खेलकुद क्षेत्रको विकासमा तीनै तहले ध्यान दिनुपर्छ : राष्ट्रपति पौडेल


१७ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद क्षेत्रको विकासका लागि मुलुकका तीनै तहले ध्यान दिनुपर्ने  बताएका छन् । 

मंगलबार काठमाडौंमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले खेलकुदको माध्यमले युवा विद्यार्थीले आफ्नो आत्मविश्वासका साथै अन्तरनिहित प्रतिभाको विकास गर्न सक्ने भएकाले यस क्षेत्रको विकासका लागि मुलुकका तीनै तहले ध्यान दिनुपर्ने बताएका हुन् । 

खेलकुदले युवालाई शारीरिक रुपमा स्वस्थ बनाउने र सामाजिक परिवेशमा भिज्न योगदान पुराउने उनले बताए । उनले शिक्षण सिकाइमा खेलकुदको समाविष्टता स्वनिर्भरता र सशक्तीकरणको प्राण भएको पनि धारणा राखे । शिक्षण सिकाइका रुपमा खेलकुदलाई सबै विद्यालयमा सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए । 

त्यस्तै काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले विद्यार्थीहरूको आत्मबल बलियो बनाउनका लागि पनि विद्यालय खेलकुद महत्वपूर्ण हुने बताएका छन् । उनले आगामी दिनमा प्रतियोगितामा विद्यार्थीहरूको संख्या बढाउदै लैजाने उल्लेख गरे ।

काठमाडौं महानगरद्वारा आयोजित प्रतियोगितामा भलिबल खेलमा ८ सय जना, कवड्डी खेलमा ८ सय जना, तेक्वान्दो खेलमा ३ सय जना, कराँतेमा ३ सय जना, उसुमा १ सय जना, एथलेटिक्समा १ हजार २५० जना गरी जम्मा ३ हजार २५० छात्रछात्रा खेलाडीले भाग लिनेछन् । तीन दिनसम्म चल्ने प्रतियोगितामा ८३ विद्यालयको सहभागिता रहेको छ । 

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  १ : २१ बजे

समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक 

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

पाटनमा दाजुभाइमाथि चक्कु प्रहार घटना : सञ्जीवसहित तीनजना पुर्पक्षका लागि कारागार चलान

काठमाडौं । ललितपुरको पाटनमा दुई दाजुभाइमाथि चक्कु प्रहार गरी हत्या

संविधान संशोधन बहसपत्र कार्यदलले गर्याे पूर्वन्यायाधिवक्ता र कानुनविद्सँग छलफल

काठमाडौँ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले

सिंहदरबारभित्रकै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, तिराइयो दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

जल तथा मौसम विज्ञान विभागको सेवा स्तरोन्नति गरिन्छ : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मौसम पूर्वानुमान, बाढी