विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ   « Khabarhub

विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ  


१७ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  रोजगारीका लागि विदेश पठाइदिन्छु भन्दै बेराेजगार युवाहरूबाट १० करोड रुपैयाँ भन्दा बढी ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुरको कोन्जोसोम गाउँपालिका- १ बस्ने ४७ वर्षीय श्री स्टार ट्रेनिङ सेन्टरका सञ्चालक लाल बहादुर लामा रहेका छन् ।

लामाले सुवास वाईबा, राजेश तुम्सीङ् मगर, दावा लामा समेतलाई वैदेशिक रोजगारीका लागि लिथोनिया, क्यानडा, सिंगापुर जस्ता मुलुकहरूमा आकर्षक तलबको प्रलोभनमा पारी काठमाडौंकाे महाराजगंजमा एसइई स्टार ट्रेनिङ सेन्टर खोली बेराेजगार युवाहरूबाट ५ लाख देखि १५ लाख सम्म लिएर वैदेशिक रोजगारमा पठाउन नसकेको र कतिपय व्यक्ति सिंगापुर पुगेपछि विमानस्थलबाटै नेपाल फर्काइएको आरोपमा उनलाई सोमबार शंखमुलबाट पक्राउ गरेको हो ।

पक्राउ पछि प्रारम्भिक अनुसन्धान गर्दा उनले धेरै बेराेजगार युवाहरूबाट १० करोड भन्दा बढी रकम उठाएको र ट्रेनिङ सेन्टरबाट ९९७ राहदानी बरामद भएको उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  ५ : ५० बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको