युक्रेनलाई लामो दुरीका मिसाइल उपलब्ध गराउन पोल्याण्डको आग्रह | Khabarhub Khabarhub

युक्रेनलाई लामो दुरीका मिसाइल उपलब्ध गराउन पोल्याण्डको आग्रह


१८ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

वार्सा पोल्यान्डका विदेशमन्त्रीले बुधबार सहयोगीसमक्ष युक्रेनको लागि लामो दुरीका क्षेप्यास्त्रहरू उपलब्ध गराउन आह्वान गरेका छन् ।  कीएभका प्रक्षेपण क्षेत्र तथा नेतृत्व केन्द्रहरू लक्षित गरी रूसले गरिरहेको आक्रमणबाट बच्न मद्दत गर्न  यस्तो आह्वान गरेको जनाइएको छ । 

युक्रेनी राजधानी कीएभ र उत्तरपूर्वी सहर खार्किभमा मंगलबार गरिएको घातक क्षेप्यास्त्र आक्रमणका कारण पाँच जनाको मृत्यु हुनुका साथै दर्जनौं सर्वसाधारण घाइते भएका छन् ।

बुधवार, पोल्याण्डका शीर्ष कूटनीतिज्ञ राडोस्लाव सिकोर्स्कीले सामाजिक सञ्जालमार्फत  पुटिनले बुझ्ने भाषामा  जवाफ दिनुपर्ने बताएका छन् ।  

आफ्ना तथा युक्रेनका सहयोगीहरूलाई  युक्रेनलाई लामो दूरीका क्षेप्यास्त्रहरू प्रदान गर्न आग्रह  गर्दै यसले प्रक्षेपण क्षेत्र तथा सैन्य केन्द्रहरू हटाउन सक्षम बनाउँने उनले विश्वास व्यक्त गरे । 

पोल्याण्ड युक्रेनको कट्टर सहयोगी हो र नयाँ प्रशासनले आफ्नो छिमेकी मुलुकका लागि राजनीतिक समर्थन दोब्बर बनाएको छ ।

सिकोस्र्कीले रूसले युक्रेनलाई  निरन्तर रुपमा गरिरहेको र प्रतिक्रियामा मस्को विरुद्धका पश्चिमी प्रतिबन्धहरू कठोर हुनुपर्ने बताएका छन् । परिणामस्वरूप हात हतियार निर्माण तथा तस्करीलगायतका क्रियाकलापहरू फस्टाउन नपाउने उनीहरूको भनाइ छ । 

गत डिसेम्बरमा पोल्याण्डको विदेश मन्त्रीको रूपमा नियुक्त, सिकोर्स्कीले आफ्नो पहिलो विदेश भ्रमणको लागि युक्रेनलाई रोजे । उनले युक्रेनलाई सशस्त्र बनाउनको लागि पश्चिमले आफ्नो अर्थतन्त्रलाई चलायमान गराउनुपर्ने  बताएका छन्  । 

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  ६ : ०४ बजे

हेटौँडा उपमहानगर : एकै महिनामा तीन करोड ५० लाख राजस्व

बागमती– हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो महिनामा रु तीन

ब्राजिलका लागि नेपाली राजदूत काफ्लेले बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौं– ब्राजिलका लागि नेपालका राजदूत निर्मलराज काफ्लेले शुक्रबार (आज) पेरुका

धितोपत्र बोर्डको सदस्यमा सीए शर्मा नियुक्त 

काठमाडौं– नेपाल धितोपत्र बोर्डको बोर्ड सदस्यका रुपमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स

नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयरका लागि तोकियो बुक क्लोज मिति

काठमाडौं–नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद शेयर निष्काशनका लागि बुक क्लोज

भारतीय फाइनान्सको नाममा रहेको नबिल बैंकको संस्थापक शेयर बिक्रीमा 

काठमाडौं–भारतीय फाइनान्सको नाममा रहेको नबिल बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा