नुवाकोट र रसुवाका उत्कृष्ट किसान सम्मानित « Khabarhub

नुवाकोट र रसुवाका उत्कृष्ट किसान सम्मानित


१९ पुस २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

नुवाकोट– नुवाकोट र रसुवा जिल्लाका उत्कृष्ट ६ किसानलाई ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ कार्यक्रममार्फत नगदसहित सम्मान गरिएको छ ।

दुई जिल्ला कार्यक्षेत्र रहेको कृषि ज्ञान केन्द्र नुवाकोटले दुई जिल्लाबाट उत्कृष्ट कृषकको रुपमा छनोट भएका तीन–तीन  किसानलाई बुधबार नगद २० हजारसहित दोसल्ला ओढाएर प्रशंसापत्रले सम्मान गरेको हो ।

उत्कृष्ट हुने किसानमा नुवाकोटबाट विदुर–५ पिपलटारका भैँसीपालक किसान तिलकुमारी न्यौपाने, शिवपुरी गाउँपालिका–१ का बाख्रापालक किसान धनकुमारी गुरुङ र स्ट्रबेरी उत्पादक ककनी गाउँपालिका–२ का अष्टलाल तामाङ छन् ।

यस्तै, रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ का स्याउ उत्पादक किसान ग्याल दोर्जे तामाङ, उत्तरगया गाउँपालिका–२ का स्याउ उत्पादक र पाशुपालक किसान हीराबहादुर तामाङ र नौकुण्ड गाउँपालिका–६ का तरकारी उत्पादक पेम्बा तामाङलाई ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’द्वारा सम्मान गरिएको हो ।

‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ कार्यक्रममार्फत दुई जिल्लाबाट उत्कृष्ट भएका किसानलाई जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रम सिंह ठकुरी, नुवाकोटका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल लगायतले सम्मान गर्दै कृषि तथा पशुपालनबाट प्राप्त गरेको ‘उत्कृष्ट’ उपाधिलाई कायम राख्दै पेसालाई आगामी दिनमा थप निरन्तरता दिन सुझाव दिए ।

सम्मानित हुने किसान अधिकांश युवा छन् । उनीहरूमार्फत अन्य युवा वर्गलाई कृषि कर्मप्रति आकर्षण हुने गरेर नमूना किसान बनेर स्वदेशमै केही गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्नतर्फ लाग्न कृषि ज्ञान केन्द्रका प्रमुख केशव खनाल आग्रह गरे ।

नुवाकोट र रसुवा जिल्लाबाट छानिएका किसानलाई कृषि ज्ञान केन्द्रले बागमती प्रदेशस्तरीय उत्कृष्ट किसान पुरस्कारका लागि सिफारिस गरिएको छ । प्रदेशबाट उत्कृष्ट भएका किसानले केन्द्रीयस्तरको प्रतिस्पर्धामा छनोट हुन पाउने छन् ।

प्रकाशित मिति : १९ पुस २०८०, बिहिबार  ९ : ४२ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको