क्यानको वार्षिक खेलतालिका सार्वजनिक « Khabarhub

क्यानको वार्षिक खेलतालिका सार्वजनिक


१९ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


888
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल क्रिकेट सङ्घ (क्यान)ले वार्षिक खेलतालिका सार्वजनिक गरेको छ । क्यानले आज यहाँ पत्रकार सम्मेलन गर्दै सन् २०२४ मा नेपालले खेल्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितालाई समेट्दै वार्षिक खेलतालिका सार्वजनिक गरेको हो । 

नेपालले आईसीसी विश्वकप लिग दुई,  टि-२० सिरिज, एकदिवसीयलगायतका  सिरिजलाई खेलतालिकामा समेटेको छ । नेपालले आगामी फेब्रुअरी १० देखि १४ तारिखसम्म क्यानडासँग तीन खेलको एकदिवसीय  सिरिज खेल्नेछ । 

त्यस्तै नेपालले २७ फेब्रुअरीदेखि ५ मार्चसम्म नामिबिया, नेदरल्याण्ड्स र नेपालबीच  त्रिकोणात्मक टि-२० सिरिज खेल्ने खेलतालिकामा उल्लेख छ । उक्त खेल नेपालमै हुनेछ । त्यस्तै  १९ मार्चदेखि ३० अप्रिलसम्म नेपाल ‘ए’ले आयरल्यान्ड ‘ए’सँग पाँच  एकदिवसीय र तीन टि-२० खेल खेल्ने छ ।

यसैगरी  क्यानले आफ्नो खेलतालिकामा आगामी मङ्सिरमा नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिताको आयोजना गर्ने छ । क्यानका सचिव पारस खड्काले नेपालसँग कुनै देशले खेल्न चाहेमा त्यसलाई पनि खेलतालिकामा समावेश गरिने बताए ।

प्रकाशित मिति : १९ पुस २०८०, बिहीबार  २ : ५६ बजे

रविले बोलाए अर्को सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

आईजीपी कार्कीबारे खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हट्यो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षा र खेलकुद क्षेत्रमा नेपाल–बेलायत सहकार्यबारे छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त

बाँदरलाई हानेको गोली लागेर एक जनाको मृत्यु

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा बाँदरलाई हानेको गोली लागेर

ट्राफिक प्रहरीले फेला पारेका ५० मोटरसाइकल तथा स्कुटर सम्बन्धित धनीलाई बुझायो

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका