केएमसीले डा विषदलाई कलेज छिर्न रोक लगाएकोप्रति संघको ध्यानाकर्षण | Khabarhub Khabarhub

केएमसीले डा विषदलाई कलेज छिर्न रोक लगाएकोप्रति संघको ध्यानाकर्षण


१९ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौँआवासिय चिकित्सक डा विशद दाहाललाई केयूले निलम्बन स्थगन गरिसक्दा पनि काठमाडौं मेडिकल कलेजले प्रवेश गर्न रोक लगाएकोप्रति नेपाल चिकित्सक संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संघका अध्यक्ष डा अनिलविक्रम कार्कीले बिहीबार विज्ञप्ति जारी गर्दै संघका आजीवन सदस्य डा दाहालको निलम्बन स्थगनको पत्र केएमसीमा पुगे पनि डा.दाहालाई प्रवेश गर्न नदिएको भन्दै ध्यानाकर्षण भएको बताएका हुन् । 

स्वास्थ्य शिविरका नाममा आवासीय चिकित्सकहरूलाई शैक्षिक गतिविधि बाहेक पीडादायक रुपमा स्वास्थ्य शिविरमा मात्र खट्न लगाउने चिकित्सा शिक्षा आयोगको ऐन विपरित समेत भएको र डा दाहाललाई  निलम्बन गर्नुअघि कलेज प्रशासनले कुनै पनि प्रष्टिकरणको अवसर समेत नदिइएकोप्रति भन्दै संघको आपत्ति छ विज्ञप्तिमा भनिएको छ । 

संघले डा दाहालको निलम्बन अस्पतालमा अध्ययनरत आवासीय चिकित्सकमाथि नै लक्षित गर्दै गरिएको घटना भएको भन्दै सो घटनाको सत्यतथ्य छानबिन गर्न र निलम्बनमा परेका डा दाहाललाई न्याय प्रदान गर्न पनि माग गरेको छ ।

प्रकाशित मिति : १९ पुस २०८०, बिहीबार  ४ : ५० बजे

प्रधानन्यायाधीश नेतृत्वको टोली बङ्गलादेश प्रस्थान

काठमाडौं – प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत नेतृत्वको भ्रमण टोली आज

कराते स्टार एरिका गुरुङ सम्मानित

काठमाडाैं – नेपाली राष्ट्रिय कराते खेलाडी एरिका गुरुङ आज सम्मानित

एमाले महाधिवेशनः यस्तो छ २१ सय प्रतिनिधिको क्लस्टर

काठमाडौं । नेकपा एमाले सचिवालय बैठकले आउँदो ११औं महाधिवेशनका लागि

हरिबोधिनी एकादशीः २६ हजारले गरे चाँगुनारायणको दर्शन

भक्तपुर – भक्तपुरको चाँगुनारायण मन्दिरमा हरिबोधनी एकादशीका दिन आज २६

सुदूरपश्चिम रोयल्सको प्रशिक्षण आजबाट सुरु

काठमाडौं – सुदूरपश्चिम रोयल्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल)का