यी हुन नेपाल र भारतबीच भएका चार सहमति | Khabarhub Khabarhub

यी हुन नेपाल र भारतबीच भएका चार सहमति


१९ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल र भारतबीच चारवटा सहमतिमा हस्ताक्षर भएको छ । परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा उर्जा व्यापार सम्झौता भएको छ ।

भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावटसम्म विद्युत आयात गर्ने सम्झौतामा दुई देशका उर्जा सचिवले हस्ताक्षर गरेका छन् ।

नेपालले बनाएको स्याटेलाइट प्रक्षेपण गर्न भारतले सहयोग गर्ने सहमतिमा पनि हस्ताक्षर भएको हो । नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजीर न्यू स्पेस इन्डिया लिमिटेडबीच भएको सहमतिमा भारतले उक्त स्याटेलाइट प्रक्षेपणका लागि नेपाललाई सहयोग गर्ने उल्लेख छ ।

यस्तै हाई इम्प्याक्ट कम्युनिटी डेभलपमेन्ट प्रोजेक्ट (एचआईसीडीपी) कार्यान्वयन सहमतिमा नेपालका अर्थ सचिव कृष्णहरि पुस्कार र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तावले हस्ताक्षर गरेका हुन ।

यो सहमति अनुसार काठमाडौंस्थित भारतीय दूताबासले अब एउटै परियोजनामा २० करोडसम्म सोझै लगानी गर्नसक्ने छ । त्यस्तै भारतले नेपालको भूकम्प प्रभावित क्षेत्रको पूननिर्माणका लागि नेपाललाई १० अर्ब रुपैयाँ नेपाली रुपैयाँ अनुदान सहयोग गर्ने सहमति भएको छ ।

दुवै देशका परराष्ट्रमन्त्रीले १३२ केबी पावर क्षमताका तीनवटा प्रसारण लाइनको उदघाटन गरेका छन ।

संयुक्त आयोगको बैठकमा नेपाल र भारतको समग्र विषयमा समीक्षा गर्ने, आगामी दिनमा नेपाल र भारतको सम्बन्धलाई कसरी सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले जानकारी दिए ।

प्रकाशित मिति : १९ पुस २०८०, बिहीबार  ५ : १९ बजे

चैतमा फुल्ने ‘पलम’ असोजमै फुल्यो

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा असोजमै पलमको फूल फुलेको

एमाले केन्द्रीय कमिटी बैठक: केन्द्रीय सदस्यले धारणा राख्नेक्रम जारी

काठमाडौं – नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक जारी छ। बिहीबार

सामूहिक फूलखेतीमा महिला

तनहुँ – यहाँको म्याग्दे गाउँपालिकाका महिलाहरू सयपत्री फूलखेतीमा लागेका छन्।

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबीच भेट

वाशिङ्टन डिसी – विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा

इजरायलले बन्धकको अवशेष फिर्ताका लागि दबाब दिन सीमा नाकामा पुनः कडाइ

जेरुसलेम – गाजा र इजिप्टबीचको सहायता मार्ग राफा सीमा बुधबार