पहिचानको साझा मुद्दा बनाउन समितिको जोड | Khabarhub Khabarhub

पहिचानको साझा मुद्दा बनाउन समितिको जोड


१९ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा, महिला तथा सामाजिक मामिला समितिले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका व्यक्तिको पहिचानमा साझा मुद्दा बनाउन जोड दिएको छ । 

समितिको आज बसेको ‘लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको नागरिकता तथा कानुनी अधिकार’ विषयक बैठकमा उक्त समुदायका व्यक्तिले फरकफरक पहिचानको माग गर्दा नागरिकता तथा कानुनी अधिकारमा जटिलता थपिने जिकिर गर्दै यस विषयमा साझा मुद्दा बनाउन आवश्यक रहेको समितिका सदस्यहरूले औँल्याएका हुन् ।

समितिका सदस्य हर्कमाया विश्वकर्माले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले पछिल्लो समय लिङ्ग परिवर्तन गरी महिला वा पुरुषको नाममा नागरिकता प्राप्त गर्नु कानुन सङ्गत नहुने भन्दै व्यक्तिको प्राकृतिक आधारमा पहिचान हुनुपर्नेमा जोड दिइन्। उनले यस्ता विषयमा सबैले साझा मुद्दा बनाउनसमेत आग्रह गरिन् । 

सदस्य ईश्वरबहादुर रिजालले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका व्यक्तिको नागरिकता प्राप्तिको विषय जटिल बनाउन नहुनेमा जोड दिँदै उक्त समुदाय समाजसँग अन्तरघुलन हुन आवश्यक रहेको बताए । 

आमन्त्रित संविधानसभा सदस्य सुनिलबाबु पन्तले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका व्यक्तिले नागरिकता प्राप्त गर्ने बाटो खुलेको भन्दै उक्त समुदायका व्यक्तिले अन्यबाट नागरिकता नलिई लिङ्ग परिवर्तन गरी महिला वा पुरुषबाट लिँदा पहिचानमा समस्या हुने स्वीकार गरे  । उनले अल्पसङ्ख्यकको नागरिकता तथा कानुनी अधिकारलाई सुनिश्चित गर्ने गरी नागरिकता कार्यविधिलाई टुङ्गोमा  पुर्‍याउन आवश्यक रहेकोमा जोड दिए ।

सङ्घीय संसद्का सहसचिव लक्ष्मीप्रसाद गौतमले अल्पसङ्ख्यकको संवैधानिक अधिकारलाई सुनिश्चित गर्न बनेका व्यवस्थालाई कार्यान्वयनमा ल्याउनुपर्ने बताए । उनले निजामती सेवा, निर्वाचन तथा श्रम ऐनमा उक्त समुदायका लागि आरक्षणको व्यवस्था गर्नुपर्नेमा जोड दिए । अधिकारसँग आउने परिणामलाई पनि अध्ययन गर्नुपर्ने उनको भनाइ थियो ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव निर्मला अधिकारीले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको पर्याप्त मात्रामा अध्ययन, अनुसन्धान गर्न नसक्दा अझै कानुनमा स्पष्टता ल्याउन नसकिएको बताए ।

गृह मन्त्रालयका उपसचिव एकदेव अधिकारीले नागरिकतासँग जोडिएका जटिलतालाई सूचीबद्ध गर्ने अभ्यास मन्त्रालयले गर्दै आएको स्मरण गराउँदै नागरिकता प्राप्तिमा सहजता ल्याउन नागरिकता कार्यविधि अन्तिम चरणमा रहेको जानकारी दिए ।

राष्ट्रिय बालअधिकारका उपाध्यक्ष बमबहादुर बानियाँले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका बालबालिकाको पहिचानमा थप जटिलता हुँदा परिषद्को प्रतिवेदनमा अझै समेट्न नसकिएको गुनासो गरे। उनले यस समुदायका व्यक्तिलाई विशेष संरक्षणको व्यवस्था गर्नुपर्नेमा जोड दिए । 

प्रकाशित मिति : १९ पुस २०८०, बिहीबार  ६ : १४ बजे

टर्कीको एयरोस्पेस कम्पनिमा हमला, चार जनाको मृत्यु

काठमाडौं । टर्कीको एयरोस्पेस र डिफेन्स कम्पनी टुसासमा आक्रमण भएको

भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं – रुसको कजानमा भएको ब्रिक्स शिखर सम्मेलनपछि प्रधानमन्त्री नरेन्द्र

प्रदेश सरकारले पुनः निर्माण कोषमा ४० करोड जम्मा गर्ने

विराटनगर – कोशी प्रदेश सरकारले पुनःनिर्माण कोषमा रु ४० करोड

भारतलाई हराउँदै बंगलादेश साफ च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाडौं – बंगलादेश साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ ।

विश्वकप छनोटका लागि नेपाली महिला क्रिकेट टोलीको घोषणा

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसीसी यु–१९ महिला