महानगरमा उजुरी– कोठा भाडामा नपाएकोदेखि सम्बन्ध विच्छेदसम्म | Khabarhub Khabarhub

महानगरमा उजुरी– कोठा भाडामा नपाएकोदेखि सम्बन्ध विच्छेदसम्म


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भाडामा कोठा उपलब्ध गराई दिन माग गर्दै काठमाडौं महानगरपालिकामा उजुरी परेको छ ।

काठमाडौं महानगरपालिकाको न्यायिक समितिले बुधबार पत्रकार सम्मेलन गरी भाडामा कोठा उपलब्ध गराई दिन माग गर्दै उजुरी परेको तथ्यांक सार्वजनिक गरेको हो ।

त्यसैगरी घर भाडा भाग लगाई पाउ भनि एक वटा उजुरी परेको पनि काठमाडौं महानगरपालिकाकी कानुन अधिकृत हरिमाया घिमिरेले जानकारी दिइन् ।

काठमाडौं महानगरपालिकाको न्यायिक समितिले मेयर विद्यासुन्दर शाक्यलाई बुझाएको गत आर्थिक वर्षको कार्य प्रगति विवरणमा जम्मा १९८ उजुरी दर्ता भएकोमा ६१ वटा फछर्यौंट भएको र ९० वटा विचाराधिन अवस्था रहेको पनि उल्लेख गरिएको छ । ती उजुरी मध्ये सबैभन्दा बढि ५४ वटा उजुरी घर कोठा खाली गराई पाउन माग गर्दै परेको पनि महानगरपालिकाकी कानुन अधिकृत घिमिरेले बताइन् ।

न्यायिक समितिले सम्बन्ध विच्छेदका लागि सिफारिस गरि दिन पनि ३४ वटा उजुरी परेको पनि जनाएको छ । त्यसमध्ये २० वटा फछर्यौंट गरिएको पनि काठमाडौं महानगरपालिकाकी कानुन अधिकृत घिमिरेले जानकारी दिइन् । उनका अनुसार सार्वजनिक बाटोमा निर्माण गरिएको घर, टहरा हटाउन पनि उजुरी दिइएको छ ।

न्यायिक समितिले सार्वजनिक बाटो खुलाई पाउन पनि ४ वटा उजुरी परेको स्पष्ट पारेको छ । उपमेयर हरिप्रभा खड्गी संयोजक रहेको न्यायिक समितिले परेका उजुरीमाथि छानवीन गरी पीडितलाई न्याय दिने कामलाई तीव्रता दिइएको दावी पनि गरेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  ५ : २१ बजे

लम्पी स्किनबाट पशु सङ्क्रमित हुँदा किसान समस्यामा

ताप्लेजुङ–  ताप्लेजुङका ६  स्थानीय तहमा लम्पी स्किन रोगको सङ्क्रमण फैलिएको

गाउँ चिन्ने, पसिना बुझ्ने मौद्रिक नीति अपरिहार्य

नेपाल राष्ट्र बैंकले प्रत्येक वर्ष प्रस्तुत गर्ने मौद्रिक नीति राष्ट्रिय

नेपालको प्रशासनमा आधुनिक शक्ति कहिल्यै माथि आउन सकेन

आजभन्दा १५–२० वर्ष अगाडि र अहिले पनि नेपालको प्राथमिक बाधक

बागमती प्रदेशसभा बैठक बस्दै

बागमती– बागमती प्रदेशसभा बैठक आज (सोमबार) बस्दैछ । बैठकमा बागमती

टीकापुर नगरपालिकामा प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइँदै

कैलाली-  कैलालीकाे टीकापुर नगरपालिकाले आगामी साउन १ गतेदेखि प्लास्टिकका झोलाको