स्वदेशी उत्पादन प्रयोग गर्नुपर्छ : मन्त्री गुरुङ « Khabarhub

स्वदेशी उत्पादन प्रयोग गर्नुपर्छ : मन्त्री गुरुङ


२० पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सहरी विकासमन्त्री सीता गुरुङले स्वदेशी वस्तु तथा सेवाको प्रवर्द्धनका लागि नेपालभित्रकै उत्पादन प्रयोगमा जोड दिनुपर्ने बताएकी छिन्  ।

आज भृकुटीमण्डपमा आयोजित ‘नवौँ नेपाल वुड अन्तर्राष्ट्रिय प्रदर्शनी’ अवलोकनपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री गुरुङले नेपालको उत्पादनलाई प्रवर्द्धन गर्ने नीति सरकारले लिएको भए पनि त्यसको प्रभावकारी कार्यान्वयन भने हुन नसकेको बताइन् ।

“सकेसम्म नेपालमै उत्पादित वस्तु प्रयोग गर्नुपर्ने नीति सरकारले बनाएको छ । तर त्यसको कार्यान्वयनको प्रभावकारिता देखिँदैन”, उनले भनिन्, “हामीले चाहने हो भने असम्भव केही छैन । नेपालमै उत्पादित काष्ठजन्य वस्तुलाई प्रोत्साहन गर्न र प्रतिस्पर्धी बनाउन सरकारका तर्फबाट पनि सहुलियतलगायतका व्यवस्था हुन आवश्यक छ ।”

सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोग गर्नेसम्बन्धी निर्देशिका, २०७१ जारी भएयता सार्वजनिक निकायले आफूले उपयोग गर्ने वस्तु स्वदेशभित्रै उत्पादित हुनुपर्ने व्यवस्था छ । स्वदेशी उद्योग तथा व्यवसायको प्रवर्द्धनका लागि यस्तो निर्देशिका ल्याइएको भए पनि त्यसको कार्यान्वयनमा भने समस्या रहेको उनको भनाइ छ ।

नेपालमा उत्पादित वस्तुको विश्वसनीयता कम हुने र विदेशी वस्तु भन्नेबित्तिकै राम्रो गुणस्तरको हुन्छ भन्ने भ्रम पनि आममानिसमा रहेको पनि मन्त्री गुरुङले बताइन् । नेपालमा उत्पादित वस्तु तथा सेवा पनि गुणस्तरीय र मूल्यमा समेत प्रतिस्पर्धी रहेको उनको भनाइ छ ।

मिडिया स्पेस सोलुसन्स प्रालि र भारतको फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्ट्सले आयोजना गरेको प्रदर्शनी आइतबारसम्म चल्नेछ । प्रदर्शनीमा काठबाट निर्मित सामग्री, भवनको आन्तरिक साजसज्जाका सामग्रीलगायत वस्तु राखिएका छन् ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ४ : ०२ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना