सेनाले बुटवल उपमहानगरलाई बुझायो जितगढी किल्ला | Khabarhub Khabarhub

सेनाले बुटवल उपमहानगरलाई बुझायो जितगढी किल्ला

जितगढीलाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्नुपर्छ : राष्ट्रपति पौडेल


२० पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

बुटवल- राष्ट्रपति रामचन्द्र पौडेलले जितगढीलाई बृहत् बुटवलको पर्यटकीय केन्द्रका रूपमा विकास गनुपर्ने बताएका छन् । उनले जितगढी नेपाली वीरताको ऐतिहासिक केन्द्रका रूपमा रहेकाले यस वरपरका ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक महत्वका क्षेत्रलाई एउटै सर्किटमा जोड्न जरुरी रहेको बताए ।

बुटवल उपमहानगरपालिका–१ स्थित ऐतिहासिक जितगढी किल्ला नेपाली सेनाले आज बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गर्न आयोजना गरेको कार्यक्रममा राष्ट्रपति पौडेलले जितगढीलाई मणिमुकुन्दसेनको दरबार, नुवाकोटगढी, रामापिथेकश क्षेत्र हुँदै सहस्रधारा, लक्ष्मीनगर र हिलपार्कसम्म जोड्न सके यसले देशको पर्यटन विकासमा योगदान पुग्ने बताए ।

राष्ट्रपति पौडेलले जितगढी राष्ट्रिय स्वाभिमान र पहिचानको महत्वपूर्णस्थल भएको र किल्लाको समयानुकूल प्रचारप्रसार र प्रवर्द्धन गर्दै पर्यटकीयस्थल बनाउन बुटवल उपमहानगरपालिकाले योजना अगाडि बढाएकामा खुसी व्यक्त गरे । “यसका लागि अब बुटवल उपमहानगरपालिकाले विशेष भूमिका निर्वाह गर्ने मैले विश्वास लिएको छु”, उनले भने । नेपाली सेनाले तीनवटै तहका सरकारसँग मिलेर जितगढी पुनिर्माणसम्बन्धी गुरुयोजनाअनुसार काम गरिरहेकोमा खुसी व्यक्त गरे ।

राष्ट्रपति पौडेलले आगामी दिनमा यो किल्लालाई नेपाल–अङ्ग्रेज युद्धको अध्ययन–अनुसन्धान गर्ने र पर्यटकीयस्थलका रूपमा प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए । उनले भने, “बुटवल उपमहानगरपालिका, प्रदेश तथा सङ्घीय सरकारलाई यस्ता ऐतिहासिक र सामरिक महत्वका स्थलको संरक्षण र प्रवर्द्धनमा ध्यान दिन आग्रह गर्दछु ।”

नेपाली सेनाले देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको रक्षा गर्दै आएको राष्ट्रपति पौडेलले बताए । “नेपाल र नेपालीको सुरक्षा, प्रकृति संरक्षण, राष्ट्रनिर्माण, विपद् व्यवस्थापन तथा नागरिकको सहयोगलगायत कार्य नेपाली सेनाले गर्दै आएको छ”, उनले भने ।

राष्ट्रपति पौडेलले बुटवललाई आर्थिक केन्द्रका रूपमा विकास गर्ने र बुटवलसहितका नगरलाई जोडेर बृहत् सहर बनाउने जनप्रतिनिधिको चाहना पूरा होस् भन्ने शुभकामना व्यक्त गरे । किल्लाको पुनःनिर्माणपश्चात् नेपाली सेनाले हस्तान्तरण गरिसकेपछि अब यो किल्लाको संरक्षण र प्रवर्द्धनमा बुटवल उपमहानगरपालिकाले संरक्षण गन अपेक्षा गरेको राष्ट्रपति पौडेल बताए ।

प्रधानसेनापति प्रभुराम शर्माले बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयलाई जितगढी किल्लाको साँचो हस्तान्तरण गरेका थिए ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले जितगढी किल्ला र आसपासका क्षेत्र समेटेर पर्यटीकयस्थलको प्रवर्द्धन गर्नुपर्ने बताए । उनले सङ्घले आवश्यक कानुन र अधिकार प्रदेशलाई नदिँदा समस्या भइरहेको बताए । मुख्यमन्त्री चौधरीले सङ्घीयताको रक्षा र प्राप्त उपलब्धिको रक्षाका लागि संविधान कार्यान्वयनका लागि केन्द्रीय सरकारको ध्यानाकर्षण गराउन राष्ट्रपतिलाई अनुरोध गरे ।

नगरप्रमुख खेलराज पाण्डेयले उजिरसिंह थापाको योगदानको कदर गर्दै राष्ट्रिय विभूति घोषणा गर्न र पूणर्कदको फोटोसहित ऐतिहासिक जितगढीको फोटो अङ्कित हुलाक टिकट जारी गर्न केन्द्र सरकारसँग माग गरे ।

उपप्रमुख सावित्रादेवी अर्यालले बुटवललाई आर्थिक केन्द्रका साथै पर्यटकीय विश्रामस्थल बनाउने योजना रहेको बताइन् । जितगढीको ऐतिहासिक महत्वबारेमा इतिहासविद् निर्मल श्रेष्ठले बुटवलको जितगढी किल्ला र पाल्पाको भगवती जात्रालाई जोडेर पर्यटकीयस्थलका रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ५ : ५५ बजे

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित सात जना पक्राउ

कञ्चनपुर– कञ्चनपुरको भिमदत्त नगरपालिका-१८ पाँच नम्बर गल्लीस्थित सडकबाट अवैध लागूऔषध

डेङ्गी नियन्त्रणका लागि देशभरका कार्यालयमा सरसफाइ अभियान

काठमाडौं– सरकारले डेङ्गी नियन्त्रणका लागि आज देशभरका कार्यालयमा सरसफाइ अभियान

‘तिहार फ्लोरा एक्स्पो २०८१’ भृकुटीमण्डपमा सुरु

काठमाडौं- ‘तिहारको महोत्सव, फूलको उत्सव’ नाराका साथ पाँच दिने तिहार

यस्तो देखियो माइतीघरमा रास्वपाको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको आन्दोलन अब काठमाडौंस्थित माइतीघर मण्डलबाट सुरु

नीतिनिर्माण प्रक्रियामा पूर्ण र समान साझेदार बनाउन मन्त्रालय प्रतिबद्ध छ : मन्त्री सुडी

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले महिलालाई