नेपाल हृदयरोग निवारण प्रतिष्ठान महोत्तरी शाखामा नया कार्यसमिति निर्वाचित « Khabarhub

नेपाल हृदयरोग निवारण प्रतिष्ठान महोत्तरी शाखामा नया कार्यसमिति निर्वाचित


२१ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– नेपाल हृदयरोग निवारण प्रतिष्ठान महोत्तरी शाखाले नयाँ कार्यसमिति निर्वाचित गरेको छ । आज भएको दोश्रो साधारणसभाले दीपक कार्कीको नेतृत्वमा १५ जनाको कार्यसमिति सर्वसम्मतले निर्वाचित गरेको हो ।

निर्वाचित हुनेहरूमा बरिष्ठ उपसभापतिमा भोज प्रसाद फुयाँल, उपसभापतिमा रामबाबु यादव, सचिवमा भवनाथ खतिवडा, स-सचिवमा डोरमणि ढकाल, कोषाध्यक्षमा पुजा हमाल निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरूमा कृष्ण गौतम, कोसीका हमाल, इन्द्र नारायण सिलवाल, चन्द्रमणि क्षेत्री, विशाल बस्नेत, सविना कार्की, इन्द्रदेव यादव, सूर्यनारायण साह, बैकुण्ठ देवकोटा र श्याम राउत निर्वाचित भएको प्रतिष्ठानले जनाएको छ ।

निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै कार्यक्रमका प्रमुख अथिति लक्ष्मी महतो कोइरीले हृदयरोग निवारण महोत्तरी प्रतिष्ठानलाई थप अगाडि बढाउन मुख्य प्राथमिकतामा राखेर सहयोग गर्ने प्रतिबद्धता जनाए ।

एक वर्षभित्र आफ्नै भवन बनाउन मदत गर्ने बताउँदै महोत्तरी क्षेत्र.१ का संघीय संसद् समेत रहेका कोइरीले बजेटबाट नभएतापनि निजी सहयोग गर्ने बताए

कार्यक्रममा प्रदेशसभा सदस्य शारदादेवी थापा, नेपाल हृदयरोग निवारण प्रतिष्ठान मधेश प्रदेशका संयोजक मथुराम यादव लगायतको उपस्थिति रहेको थियो । अहिले महोत्तरी प्रतिष्ठानमा १७६ सदस्य रहेका छन् ।

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  ७ : ३१ बजे

मानव सेवा आश्रम चितवनबाट ११२ जना पुनःस्थापना

चितवन– मानव सेवा आश्रम चितवनले ११२ जनालाई पुनःस्थापना गरेको छ

अर्थमन्त्री वाग्लेले आज उद्योगपतिहरूसँग बजेट कार्यान्वयनबारे छलफल गर्दै

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज विभिन्न उद्योगका उद्योगपतिहरुसँग छलफल

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले गत असार मसान्तसम्म खपत भएको बिजुलीको

दार्चुलामा मध्य चमेलिया जलविद्युत आयोजना निर्माण हुने

काठमाडौँ– सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा थप

बिरामीलाई थाहै नहुने हेपाटाइटिस महामारी के हो ?

काठमाडौँ – हरेक वर्ष जुलाई २८ तारिखका दिन विश्वभर ‘विश्व