विवादित दक्षिण चीन सागरमा चीनको नौसैनिक अभ्यास « Khabarhub

विवादित दक्षिण चीन सागरमा चीनको नौसैनिक अभ्यास


२१ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनले विवादित दक्षिण चीन सागरमा नौसैनिक गस्तीको घोषणा गरेपछि सो क्षेत्रमा तनाव बढेको छ । चिनियाँ जनमुक्ति सेनाको दक्षिणी थिएटर कमाण्डले दक्षिण चीन सागरमा नौसैनिक गस्तीको घोषणा गरेको हो ।

जनमुक्ति सेनाले गस्तीबारे थप विवरण भने उपलब्ध नगराएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । जनमुक्ति सेना गस्तीलाई ‘नियमित’ सैनिक गतिविधिको संज्ञा दिएको छ ।

पछिल्लो समय दक्षिण चीन सागरमा फिलिपिन्स र चिनियाँ नौसेनाबीच तनाव उत्कर्षमा रहेका बेला चिनियाँ जनमुक्ति सेनाले नौसैनिक गस्तीको घोषणा गरेको हो ।

चीनले अन्तर्राष्ट्रिय अदालतको फैसलाको बेवास्ता गर्दै दक्षिण चीन सागरको सम्पूर्ण क्षेत्रमा आफ्नो दाबी गर्दै आएको छ । यद्यपि सो क्षेत्रमा चीनबाहेक फिलिपिन्स, भियतनाम, मलेशिया, इण्डोनेशिया, ब्रुनाइजस्ता मुलुकले पनि आफ्नो सार्वभौमिकता दाबी गर्दै आएका छन् ।

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  ६ : ०४ बजे

सुनसरी घटनाको तीन दिनपछि बोले प्रधानमन्त्री बालेन : कसलाई के भने ?

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल साउन १३ गते बुधबार सन् २०२६

आज २०८३ साल साउन १३ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १३ गते बुधबार सन् २०२६

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको