आज तरकारी तथा फलफूलको मूल्य कति ? « Khabarhub

आज तरकारी तथा फलफूलको मूल्य कति ?


२२ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

समितिका अनुसार आज नेपाली ठूलो गोलभेडा प्रतिकेजी ५० रुपैयाँ, लोकल सानो गोलभेडा १० रुपैयाँ, अदुवा १५० रुपैयाँ, रातो आलु ३४ रुपैयाँ, रातो भारतीय आलु ३० रुपैयाँका कारोबार भइरहेको छ ।

यस्तै, स्थानीय काउली १५ रुपैयाँ, कागती १२० रुपैयाँ, सुकेको खुर्सानी ४८० रुपैयाँ, हरियो खुर्सानी ६० रुपैयाँ, अकबरे हरियो खुर्सानी ५०० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

डल्ले भान्टा ४० रुपैयाँ, हरियो धनियाँ ११० रुपैयाँ, ब्रोकाउली ४० रुपैयाँ, चाइनिज सुकेको लसुन २५० रुपैयाँ छ भने हरियो लसुन १०० र नेपाली सुकेको लसुन २६० रुपैयाँ कायम भएको छ ।

यसैगरी, लोकल गाजरको मूल्य प्रतिकेजी ४० रुपैयाँ, लोकल बन्दा ३० रुपैयाँ, लोकल सेतो मूला र रातो मूला १० रुपैयाँ रहेको छ भने लोकल घिउ सिमी ४० रुपैयाँ, राजमा घिउ सिमी ९० रुपैयाँ, हरियो फर्सी लाम्चो २० रुपैयाँ, डल्लो हरियो फर्सी ३० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

समितिका अनुसार तोरीको साग ४० रुपैयाँ, रायो साग ३० रुपैयाँ, चमसूर, पालुँगो, मेथीको साग ९० रुपैयाँ, तराई परबर ८० रुपैयाँ, गुन्द्रुक २५० रुपैयाँ, भारतीय सुकेको प्याज ८५ रुपैयाँ, चाइनिज प्याज ६० रुपैयाँ, हरियो प्याज ९० रुपैयाँ, पुदिना २२० रुपैयाँ प्रतिकेजीमा खरिदबिक्री भइरहेको छ ।

यसैगरी, हरियो अंगुर प्रतिकेजी २२० रुपैयाँ, कालो अंगुर ३२० रुपैयाँ, अनार र किबी ३०० रुपैयाँ, एभोकाडो २५० रुपैयाँ, अमला ८० र अम्बा १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

 

 

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ८ : ४३ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक