देउवाले ३ भन्दा बढी सिट दिन्न भनेपछि बैठकबाट निस्किए शेखर–गगन « Khabarhub

देउवाले ३ भन्दा बढी सिट दिन्न भनेपछि बैठकबाट निस्किए शेखर–गगन


२२ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


894
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारूढ दल नेपाली कांग्रेसका संस्थापन र संस्थापनइतर समूहका नेताहरू केन्द्रीय कार्यसम्पादन समिति बैठक सारेर आन्तरिक छलफलमा छन् ।

सभापति देउवा निवासमा इतर समूहका नेता शेखर कोइराला, महामन्त्री गगनकुमार थापा, प्रमुख सचेतक रमेश लेखक, उपसभापति पूर्णबहादुर खड्कालगायतको बैठक बसेको थियो ।

सभापति शेरबहादुर देउवा पक्षबाट उपसभापति पूर्णबहादुर खड्कालगायतका नेताहरू छन् ।

बैठकमा कांग्रेस संस्थापनइतर समूहले ४ सिट मागेका थिए । तर, सभापति देउवाले ३ सिट मात्र दिन्छु भन्ने अडान लिएका थिए ।

त्यसपछि पनि छलफल भएको थियो तर छलफलमा निष्कर्ष नजुटेपछि देउवा निवासबाट संस्थापन इतर समूहका नेताहरू निस्किएका हुन् ।

दुई समूहको विवाद नमिलेपछि कांग्रेस कार्यसम्पादन समितिको बैठक ४ बजेलाई सारिएको छ । यसैबीच शेखर–गगन समूहकाे छुट्टै बैठक विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा बसिरहेकाे छ ।

 

गठबन्धनलाई राष्ट्रियसभामा भागबन्डा मिलाउन सकस, साना दललाई पुगेन भाग

माओवादीले राष्ट्रियसभामा तीन महिला र तीन पुरुष पठाउने, यी हुन् उम्मेदवार

गठबन्धनले राष्ट्रपतिले मनोनीत गर्ने सिटमा जनमोर्चाकी उपाध्यक्ष पौडेललाई पठाउने !

राष्ट्रियसभा निर्वाचन : एमाले अध्यक्ष ओली अनौपचारिक छलफलमा

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ३ : १२ बजे

अनुदान र प्रविधिको साथले चुलाचुलीमा व्यावसायिक मकैखेती

इलाम– केही वर्षअघिसम्म इलामको चुलाचुली गाउँपालिका–४ का अशोक राईका लागि

विपदका घटनासम्बन्धी हटलाइन नम्बर १२३४ सबै जिल्लामा विस्तार

काठमाडौँ– विपदसम्बन्धी घटना, गुनासा, सूचना तथा उद्धारसम्बन्धी सेवालाई थप छिटो,

मुदी–गुर्जा–जलजला पदमार्ग सञ्चालनको तयारी

म्याग्दी– प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनलाई नयाँ आयाम दिने उद्देश्यका

निर्वाचन आयोगमा प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूविरुद्ध उजुरी आह्वान

काठमाडौँ– संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र

१०८ धाराले आकर्षक बन्दै सुनसरीको रामधुनी मन्दिर

सुनसरी– सुनसरीको रामधुनी नगरपालिका- ४ स्थित ऐतिहासिक तथा धार्मिक महत्व