भारतबाट फर्किएकामा कोरोना सङ्क्रमण | Khabarhub Khabarhub

भारतबाट फर्किएकामा कोरोना सङ्क्रमण


२३ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेदकोट भारतका विभिन्न सहरबाट घर फर्किएका नेपालीमा कोरोना सङ्क्रमण देखिन थालेको छ । भारतमा नयाँ भेरिएन्ट जेएन वान देखिन थालेपछि नेपाल-भारत सीमा नाकामा कोरोना परीक्षण अनिवार्य गरिएको छ । 

हालसम्म भारतबाट फर्किएका १० जनामा कोरोना सङ्क्रमण देखिएको गौरीफन्टा नाकामा रहेको हेल्थ डेस्कका प्रमुख गणेश साउदले जानकारी दिए । ‘भारतबाट आउनेहरुमा कोरोना सङ्क्रमण छ-छैन जाँच्न एन्टिजेन परीक्षण गरिरहेका छौँ’, उनले भने , ‘अहिलेसम्म १० जनामा एन्टिजेन पोजेटिभ देखिएको छ ।’

हेल्थ डेस्कका प्रमुख साउदका अनुसार कोरोना सङ्क्रमितलाई घरमै एकान्तबास (होम आइसोलेसन)मा बस्न सुझाव दिइएको छ । गौरिफन्टा नाका भएर भारतका विभिन्न स्थानबाट दैनिक सयौँ नेपाली घर फर्किरहेका छन् । कोरोनाको ‘भेरिएन्ट’ यकिनका लागि नमूना संकलन गरेर काठमाडौँ पठाइएको प्रमुख साउदले बताए । ‘भेरिएन्ट यकिन गर्न नौ जनाको नमूना काठमाडौँ पठाएका छौँ’, उनले भने, ‘दुई साता भइसक्यो, त्यसको ‘रिपोर्ट’ आएको छैन ।’

कञ्चनपुरको गड्डाचौकी नाका प्रयोग गरेर घर फर्किँदै गरेका नेपालीमा भने हालसम्म कोरोना सङ्क्रमण पुष्टि नभएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  १२ : १२ बजे

यसरी मनाइयो धनवन्तरी जयन्ती

काठमाडौं– प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने आयुर्वेदका प्रवर्तक धनवन्तरी

गृहले प्रजिअहरूलाई भन्यो : देशमा सुरक्षा चुनौती बढेको छ, सीमाक्षेत्रमा पनि सतर्क रहनू

काठमाडौं- गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई आइतबार ६२ बुँदे

गृह मन्त्रालयद्वारा शान्ति सुरक्षा कायम गर्न निर्देशन

काठमाडौं– गृह मन्त्रालयले शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन र प्रभावकारी

‘समस्या समाधान गर्न राजसंस्थालगायत सबै शक्तिबीच सर्वपक्षीय संवाद आवश्यक’

काठमाडौं– नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले राष्ट्रको समस्या समाधान गर्न