सवारी दुर्घटनामा एक जनाको मृत्यु « Khabarhub

सवारी दुर्घटनामा एक जनाको मृत्यु


२३ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२६ गौङ्गबु मित्रनगर एक नम्बर गेट नजिक सडकमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । 

 बा प्र ०३-००१ प ०५०० नं को टिपरले बा ५४ प ५२६६ नं को मोटरसाइकललाई गएराति ठक्कँर दिँदा मोटरसाइकलमा सवार काठमाडौँ तारकेश्वर नगरपालिका चिसापानी बस्ने गोरखा घर भएका २५ वर्षीय रनबहादुर तामाङको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका तामाङको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । 

टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी प्रधानकार्यालयले जनाएको छ । 

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  १ : ४८ बजे

मुस्ताङमा निर्वाचन प्रहरी अपुग भएपछि तेस्रोपटक म्याद थप

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचन

साँगामा तीव्र गतिमा अण्डरपास निर्माण (तस्बिरहरू) 

भक्तपुर– भक्तपुर र काभ्रेपलान्चोकको सिमाना क्षेत्र साँगामा दुई लेनको अण्डरपास

बालेन पब्लिक डिबेटमा नबस्‍ने , भन्छन्– ७६ बच्चाको हत्यारासँग एउटै मञ्‍चमा उभिन्‍न

काठमाडौं – काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाहले नेकपा (एमाले)का अध्यक्ष

राष्ट्रियसभा निर्वाचन : बागमतीमा ६ जनाबीच प्रतिस्पर्धा

बागमती– बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि बिहान ९ बजेदेखि मतदान

इंग्लिस प्रिमियर लिग : बोर्नमाउथसँग लिभरपुल पराजित

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा