घरको भित्तामा कस्को तस्वीर कता राख्ने ? « Khabarhub

घरको भित्तामा कस्को तस्वीर कता राख्ने ?


२४ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

धेरैका घर तथा कोठामा परिवार तथा आफन्तका तस्वीर राख्ने गरेको हामीले देखेका छौँ । प्रायः घरमा देवी देवताका तस्वीरसँगै आफ्ना पितृ तथा पूर्वजहरूका तस्वीर पनि राख्ने गरेको पाइन्छ ।

ज्योतिष शास्त्र अनुसार पितृका तस्वीर घरको गलत दिसामा राख्दा नकारात्मक ऊर्जा प्राप्त हुने गर्दछ । जसका कारण परिवारमा रोग, कष्ट झैझगडा हुने र सन्तानमा समस्या आउने मान्यता छ ।

देवताको भन्दा पहिला पितृको पूजा गर्ने गरिन्छ । त्यसैले पितृलाई भान्सा कोठामा, शयन कक्षमा, देवताको कोठामा राख्नु हुँदैन भनिएको छ ।

यसो गरेमा पितृहरूले आफूलाई अपहेलन भएको महसुस गर्ने गर्छन् । यसका साथै जीवित व्यक्तिको फोटोसँगै पितृको तस्बिर राख्नु हुँदैन ।

घरका कुनै चीजहरू वा सामग्रीहरू सही दिशामा नभएमा घरमा नकारात्मक ऊर्जा प्रवाह हुने वास्तुको मान्यता छ । कुनै पनि घरमा राखिने तस्वीरलाई वास्तुशास्त्रले पनि सही दिशा निर्देशन गरेको छ ।

वास्तुशास्त्र अनुसार पितृहरूको तस्वीर घरको दक्षिण, पश्चिम दिशामा राख्नु राम्रो मानिन्छ ।

तर उत्तर दिशामा भने पितृका तस्वीर राख्नु हुँदैन । सो दिशामा तस्वीर राखे धनको हानी हुने मान्यता छ ।

 

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ६ : २७ बजे

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको

गण्डकी प्रदेशका २६ सहकारीको दर्ता खारेजी

स्याङ्जा– सहकारी रजिष्ट्रार कार्यालय पोखराले निष्क्रिय रहेका २६ सहकारीको दर्ता

पर्सामा १६७ मतदानस्थल कायम

पर्सा– जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते हुने

खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजीनामा

काठमाडौं – युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन्