आमाको मृत्युअघिको वचन सम्झेर पछुतो मान्छन् सञ्जय… « Khabarhub

आमाको मृत्युअघिको वचन सम्झेर पछुतो मान्छन् सञ्जय…


२४ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउड अभिनेता सञ्जय दत्तका बुबा सुनिल र आमा नर्गिस दुवै एक समयका चर्चित नायकनायिका हुन् । बुबाआमाको कामलाई पछ्याएका सञ्जय पनि कलाकारितामा सफल भए ।

सेलिब्रेटीकाे परिवारमा हुर्किएका कारण सञ्जयको ससाना कुरा पनि गोप्य रहँदैन । ‘ब्याड बोई’ छवि बनाएका कारण पनि उनी चर्चामा रहन्छन् । उनको निजी जीवनको उतारचढाव किस्सा काल्पनिक फिल्मलाई फिका बनाउने छन् । जुन उनको ‘बायोपिक’ ‘सञ्जु’ले पुष्टि गरिसकेको छ ।

सञ्जय ग्याङस्टार लुक, लागूपदार्थ, बडिबिल्डिङ, प्लेबोइ चरित्रका कारण सङ्घर्षका दिनमा विवादमा आइरहन्थे । उनले भन्दै आएका छन्, ‘म असल मातापिताको नालायक छोरा हुँ ।’
फिल्म क्षेत्रमा लागेको सुरुवाती दिनमा कुलतमा लागेका कारण विवाद रहे । सन् १९९३ मा मुम्बईमा भएको ‘बम ब्लास्ट’ मा नाम जोडिएसँगै उनी ठूलो विवादमा फसे । उनलाई जेलसम्म पुर्‍याएको यस घटनामा अदालतले भने सफाइ दियो ।

आमाको वचन सम्झना पछुतो
सन् १९८१ मा ‘रक्की’ फिल्मबाट सञ्जयले बलिउडमा डेब्यु गरेका हुन् । यस फिल्मको निर्देशन सञ्जयका बुबा सुनीलले गरेका हुन् ।

सञ्जयको पहिलो फिल्म हेर्ने आमा नर्गिसको ठूलो इच्छा पूरा हुन सकेन । क्यान्सरका कारण नर्गिस फिल्म प्रदर्शनमा आउनुभन्दा केही दिनअघि मात्रै संसारबाट बिदा भइन् । आमा बिरामी भएको तनावले लागूपदार्थको सेवन बढाएको सञ्जय बताउँछन् । उनी भन्छन्, ‘म मेरी आमाको मृत्यु हुँदा पनि लागू पदार्थको नासामा थिएँ ।’

भर्खरै सञ्जयले इन्डियन आइडल शोमा नर्गिसले मृत्युअघि आफूलाई भनेको कुरा खुलासा गरेका छन् । उनी त्यहाँ स्वर्गीय आमालाई सम्झेर भावुकसमेत बने । नर्गिसलाई क्यान्सरले निको नहुने गरी चेपेको थियो । सञ्जयका अनुसार नर्गिसलाई आफू केही दिनमात्र बाच्ने थाहा थियो । सोही कारण उनी आफ्नो बाँकी थोरै समय छोरासँग बिताउन चाहन्थिन् ।

सञ्जय सम्झन्छन्– मलाई आमाले भनेको एउटा कुरा सधैँ याद आउँछ । उहाँले भन्नुहुन्थ्यो, ‘सञ्जय मसँग बस्, किनकि म बिदा भएँ भने तँलाई नराम्रो लाग्छ ।’

लागूपदार्थको नासाको कारण सञ्जयले आमासँग समय बिताएनन् । अहिले आएर सो कुरामा आफूलाई पछुतो रहेको उनी बताउँछन् । उनी थप्छन्, ‘मैले त्यो बेला उहाँको कुरा सुनेको भए, केही घण्टा मात्रै उहाँसँग समय बिताएको भए आज मलाई पछुतो महसुस हुने थिएन ।’

 

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ८ : १२ बजे

डोजरले भत्कायो भरोसा, बाढीले डुबायो बास : होल्डिङ सेन्टर छोडेर कोठा खोज्दै सुकुम्वासी

काठमाडौँ – थापाथलीगायत बागमती र मनोहरा नदी किनारका १९ सुकुम्वासी

बिदा स्वीकृत नगरी २ महिनादेखि अनुपस्थित कर्मचारीसँग स्पष्टीकरण माग

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वीकृत बिदा नलिइ लगातार

डोलेश्वरमा श्रावणी मेला, ५० लाख भक्तजन आउने अनुमान

भक्तपुर– केदारनाथको शीर डोलेश्वर महादेव मन्दिरमा ३८ दिनसम्म चल्ने श्रावणी

व्यावसायिक पशुपालन र तरकारीखेती गर्ने किसानलाई अनुदान

म्याग्दी– म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२–८३ मा व्यावसायिक

दुर्लभ संयोग : १९ वर्षअघि मेसीले नुहाइदिएका यमल विश्वकप फाइनलमा मेसीसँगै भिड्दै !

काठमाडौँ – अर्जेन्टिना र स्पेनबिच हुन गइरहेको विश्वकप फुटबलको फाइनलअघि