कोशीबाट रवि लामिछानेका ससुराको उम्मेदवारी किन ? « Khabarhub

कोशीबाट रवि लामिछानेका ससुराको उम्मेदवारी किन ?


२४ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशबाट उद्धव पौडेललाई उम्मेद्वार बनाएको छ । गठबन्धनका कृष्ण सिटौला र एमालेका पर्शुराम अधिकारीसँग प्रतिस्पर्धा गर्न लागेका पौडेल नाताले रास्वपा सभापति रवि लामिछानेका ससुरा हुन् । भलै, पौडेलको यो उम्मेदवारी रविसँगको नाताका आधारमा नभई राप्रपामा उनले गरेको योगदानमा आधारित छ ।

उद्धव पौडेल राप्रपाका केन्द्रीय नेता हुन् । काठमाडौंको गोपीकृष्ण हलका सञ्चालकसमेत रहेका पौडेलले विगतमा काठमाडौं क्षेत्र नम्बर ४ मा गगन थापासँग चुनावी प्रतिस्पर्धा गरेका थिए । अहिले उनी कांग्रेस नेता कृष्णप्रसाद सिटौलासँग कोशीबाट राष्ट्रिय सभाका लागि प्रतिस्पर्धामा उठेका छन् ।

राप्रपा नेता पौडेल ०३९ सालमा बिराटनगर नगर पञ्चायतका पूर्वउपप्रधानपञ्च बनेका थिए । कुसुमे रुमालदेखि लिएर दर्जनौं फिल्मका निर्मातासमेत रहेका पौडेलले चलचित्र क्षेत्रको विशिष्ट पुरस्कार पनि पाएको र उनले राष्ट्रलाई योगदान गरेका आधारमा उम्मेदवार बनाइएको राप्रपा नेताहरुको दाबी छ ।

काठमाडौंमै स्थायी बसोबास गर्दै आएका पौडेल बागमतीबाट नभएर कोहीबाट उम्मेदवार बन्नुका पछाडि केही कारणहरु छन् । राप्रपाका एक नेताले खबरहबसँग भने्, ‘उहाँ चुनाव लड्नमात्र होइन, जित्नका लागि कोशीमा जानुभएको हो ।’

राप्रपाका उम्मेदवारले जित्ने आधार के छ त ? खबरहबको प्रश्नमा राप्रपाका ती नेताले नाम उल्लेख नगर्ने शर्तमा यस्तो दलील पेश गरे–

१. कांग्रेसले कोशीबाट कृष्ण सिटौलालाई उठाएको छ, उनलाई पार्टीभित्रैबाट सबै भोट झर्दैन । पूर्वमा माओवादी पनि उनीसँग असन्तुष्ट छ । एमालेले कमजोर उम्मेदवार उठाएको छ र उसँग राप्रपाको तालमेल हुन सक्छ ।

२. नेपाली कांग्रेसले उनलाई राष्ट्रियसभाको अध्यक्ष बनाउनका लागि सिटौलालाई उठाएको हो । त्यसैले उनलाई रोक्न एमालेले ध्यान दिने छ । र, उनलाई रोक्ने उपाय भनेको कोशीमा राप्रपासँग तालमेल गर्नु हो । राप्रपा नेता राजेन्द्र लिङदेन मंगलबार मलेसियाबाट फर्कँदैछन्, त्यसपछि एमालेसँग वार्ता हुनेछ ।

३. भोलि गठबन्धन सरकारको विकल्प खोज्दा एमालेलाई संसदमा ३५ सिट रहेका रवि लामिछाने र राजेन्द्र लिङदेनको साथ जरुरी छ, त्यसका लागि पनि एमालेले राप्रपालाई कोशीमा एक सिट छाडिदिने विश्वासमा राप्रपा नेताहरु छन् ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ११ : ०४ बजे

प्रतिनिधिसभा बैठक : कसले के-के भने ?

काठमाडौं– सांसदले दैनिक उपभोग्य वस्तुमा अस्वभाविक मूल्य वृद्धि र कालोबजारी

बालेनको पहलले नबढेको सेयर बजार, स्वर्णिमको कार्ययोजनाले बढ्यो

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले अर्थतन्त्र चलायमान बनाउन श्रृंखलाबद्ध छलफल तथा

फ्रिज विस्फोट हुँदा कर्नाटकमा एकै परिवारका चार जनाको मृत्यु

नयाँ दिल्ली- भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा फ्रिज विस्फोट हुँदा एकै परिवारका

कांग्रेस सभापतिको उम्मेदवारी शुल्क ४० हजार, उपसभापति र महामन्त्रीको ३० हजार

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको निर्वाचनसम्बन्धी निर्देशिका जारी गर्दै विभिन्न पदका

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३ स्थित गङ्गालाल अस्पताल नजिक बस र स्कुटर