कोशीबाट रवि लामिछानेका ससुराको उम्मेदवारी किन ? « Khabarhub

कोशीबाट रवि लामिछानेका ससुराको उम्मेदवारी किन ?


२४ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशबाट उद्धव पौडेललाई उम्मेद्वार बनाएको छ । गठबन्धनका कृष्ण सिटौला र एमालेका पर्शुराम अधिकारीसँग प्रतिस्पर्धा गर्न लागेका पौडेल नाताले रास्वपा सभापति रवि लामिछानेका ससुरा हुन् । भलै, पौडेलको यो उम्मेदवारी रविसँगको नाताका आधारमा नभई राप्रपामा उनले गरेको योगदानमा आधारित छ ।

उद्धव पौडेल राप्रपाका केन्द्रीय नेता हुन् । काठमाडौंको गोपीकृष्ण हलका सञ्चालकसमेत रहेका पौडेलले विगतमा काठमाडौं क्षेत्र नम्बर ४ मा गगन थापासँग चुनावी प्रतिस्पर्धा गरेका थिए । अहिले उनी कांग्रेस नेता कृष्णप्रसाद सिटौलासँग कोशीबाट राष्ट्रिय सभाका लागि प्रतिस्पर्धामा उठेका छन् ।

राप्रपा नेता पौडेल ०३९ सालमा बिराटनगर नगर पञ्चायतका पूर्वउपप्रधानपञ्च बनेका थिए । कुसुमे रुमालदेखि लिएर दर्जनौं फिल्मका निर्मातासमेत रहेका पौडेलले चलचित्र क्षेत्रको विशिष्ट पुरस्कार पनि पाएको र उनले राष्ट्रलाई योगदान गरेका आधारमा उम्मेदवार बनाइएको राप्रपा नेताहरुको दाबी छ ।

काठमाडौंमै स्थायी बसोबास गर्दै आएका पौडेल बागमतीबाट नभएर कोहीबाट उम्मेदवार बन्नुका पछाडि केही कारणहरु छन् । राप्रपाका एक नेताले खबरहबसँग भने्, ‘उहाँ चुनाव लड्नमात्र होइन, जित्नका लागि कोशीमा जानुभएको हो ।’

राप्रपाका उम्मेदवारले जित्ने आधार के छ त ? खबरहबको प्रश्नमा राप्रपाका ती नेताले नाम उल्लेख नगर्ने शर्तमा यस्तो दलील पेश गरे–

१. कांग्रेसले कोशीबाट कृष्ण सिटौलालाई उठाएको छ, उनलाई पार्टीभित्रैबाट सबै भोट झर्दैन । पूर्वमा माओवादी पनि उनीसँग असन्तुष्ट छ । एमालेले कमजोर उम्मेदवार उठाएको छ र उसँग राप्रपाको तालमेल हुन सक्छ ।

२. नेपाली कांग्रेसले उनलाई राष्ट्रियसभाको अध्यक्ष बनाउनका लागि सिटौलालाई उठाएको हो । त्यसैले उनलाई रोक्न एमालेले ध्यान दिने छ । र, उनलाई रोक्ने उपाय भनेको कोशीमा राप्रपासँग तालमेल गर्नु हो । राप्रपा नेता राजेन्द्र लिङदेन मंगलबार मलेसियाबाट फर्कँदैछन्, त्यसपछि एमालेसँग वार्ता हुनेछ ।

३. भोलि गठबन्धन सरकारको विकल्प खोज्दा एमालेलाई संसदमा ३५ सिट रहेका रवि लामिछाने र राजेन्द्र लिङदेनको साथ जरुरी छ, त्यसका लागि पनि एमालेले राप्रपालाई कोशीमा एक सिट छाडिदिने विश्वासमा राप्रपा नेताहरु छन् ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ११ : ०४ बजे

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन

काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन्

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर