‘१२ वी फेल’ हिन्दी फिल्म वरीयताको शीर्ष स्थानमा « Khabarhub

‘१२ वी फेल’ हिन्दी फिल्म वरीयताको शीर्ष स्थानमा


२४ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विक्रान्त मैसीको मुख्य भूमिका रहेको भारतीय फिल्म वरीयताको शीर्ष स्थानमा निस्किएको छ । सामान्य परिवारको युवक आईपीएस अफिसर बन्न मनोज नामको युवकले गरेको संघर्षमा आधारित यो फिल्म २० करोडको लगानीमा बनेको हो । 

विधु विनोद चोपडाको निर्देशन रहेको यो फिल्म गत वर्ष अक्टोबर २३ मा प्रदर्शनमा आएको थियो । सत्य घटनामा आधारित यस फिल्मले हलमा दर्शक तान्न सकेको थिएन । यद्यपि ६६ करोड भारुको व्यापार गरेको थियो । तर, ओटीटी प्लेटफर्ममा भने फिल्म सुपर हिट बन्यो । डिसेम्बर २९ बाट अनलाइन प्लेटफर्ममा उपलब्ध यो फिल्मले ‘माउथ पब्लिसिटी’ एकदमै राम्रो पाएको छ । 

यो फिल्मले आईएमडीबीमा सबैभन्दा बढी रेटिङ पाउँदै भारतीय फिल्महरूलाई पछि पारेको छ । १० मा ९ दशमलव २ रेटिङका साथ यो फिल्मले २५० उत्कृष्ट हिन्दी फिल्मलाईपछि पारेको छ । 

आईएमडीबीमाको दोस्रो वरीयतामा सन् १९९३ मा प्रदर्शनमा आएको ‘रामायण ः द लेजेन्ड अफ प्रिन्स राम’ छ । त्यस्तै तेस्रो चौथो र पाचौंमा क्रमशः नायकन, गोलमाल र रकेट्री:नम्बी इफेक्ट छन् ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ७ : ३८ बजे

२०८२-८३ मा निर्जीवन बीमा व्यवसाय : ५१ अर्ब ९२ करोड प्रिमियम संकलन

काठमाडौं– आर्थिक वर्ष २०८२-८३ मा निर्जीवन बीमा कम्पनीहरूले कुल ५१

देवानगञ्ज घटनापछि सीमा नाकामा कडा सुरक्षा, परिचय पत्र नबोक्ने भारतीयलाई नेपाल छिर्न निषेध

मोरङ- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि

सोरुबाट सुरु भएको थियो कर्णाली प्रदेशका पाँचौँ मुख्यमन्त्री जीवन यात्रा

कर्णाली– कर्णाली प्रदेशको नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाही मुगु जिल्ला सोरु

सुकुम्वासीको पुकारा- अस्वस्थ शरीर र त्रसित मन लिएर कसरी बाँचौँ ? 

सरकारले खोला किनारमा रहेका सुकुम्वासी बस्तीमा डोजर लगाएपछि सयौँ परिवार

युवा आन्दोलनले मोदी सरकारलाई दबाब

एजेन्सी– परीक्षा अनियमितता र रोजगारीका अवसरप्रतिको असन्तुष्टिलाई लिएर भारतभर फैलिएको