ज्यान मार्ने उद्योग कसुरमा ६० वर्षीय वृद्ध पक्राउ « Khabarhub

ज्यान मार्ने उद्योग कसुरमा ६० वर्षीय वृद्ध पक्राउ


२४ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

गोरखा– ज्यान मार्ने उद्योग कसुरमा पालुङटार नगरपालिका–१० धौखोला चारघरेका ६० वर्षीय तिलकबहादुर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ।

शनिबार तिलकबहादुरले खुर्पा प्रहार गर्दा ४७ वर्षीय हिराबहादुर विश्वकर्मा घाइते भएका थिए। हिराबहादुरको टाउको र गालामा गम्भीर चोट लागेको र उनको अन्नपूर्ण अस्पताल कास्की पोखरामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

ज्यान मार्ने नियतले धारिलो हतियार प्रहार गरेको आरोपमा सोमबार तिलकबहादुरलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो। हिराबहादुर नाताले तिलकबहादुरका भाइ हुन्।

पक्राउ परेका तिलकबहादुरलाई मंगलबार ज्यान मार्ने उद्योग कसुर शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ९ : ३५ बजे

कर्णाली प्रदेशका पूर्वकानुनमन्त्री शाहीको निधन

कर्णाली – कर्णाली प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर

भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन

काठमाडौँ – भोटेकोशी बाढीपछि सुस्ताएको नेपालको पर्यटन क्षेत्र क्रमशः लयमा

काराबाओ कप : दुई गोल गर्दै सिटीका साम्बाले ताने सबैको ध्यान

लन्डन – म्यानचेस्टर सिटीका १७ वर्षीय युवा फरवार्ड फ्लोयड साम्बाले

भोटेकोशी बाढी: बेपत्ता फर्किने आस मरेपछि कुशको शव बनाएर अन्त्येष्टि

कास्की – भोटेकोशी बाढीमा बेपत्ता भएको तीन साता बितिसक्दा पनि

गणेशमानको २९औँ स्मृति दिवस : जसले राजाले गरेको प्रधानमन्त्री बन्ने प्रस्ताव अस्वीकार गरे

काठमाडौँ – विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनका