गौशाला–२६ को फोटो फेसबुकमा हाल्नेलाई के हुन्छ कारबाही ? « Khabarhub

गौशाला–२६ को फोटो फेसबुकमा हाल्नेलाई के हुन्छ कारबाही ?


२५ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– केही दिनयता सामाजिक सञ्जाल फेसबुकमा सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दा दायर गर्ने ‘गौशाला–२६ यिनै हुन्’ भनेर एक किशोरीको नाम र फोटो भाइरल बनाइयो । मानिसहरुले उक्त फोटोमा विभिन्न टीकाटिप्पणी गरे ।

अदालतले गोप्य राखेको नाम र पहिचानलाई सामाजिक सञ्जालमा यसरी छरपष्ट पार्नेहरुलाई के कारवाही के हुन्छ ?

अधिवक्ता राधिका खतिवडा पीडित र अदालतको गोपनीयताको मर्यादा भङ्ग गरेकोमा मुद्दा चल्ने बताउँछिन् । अदातलले गोप्य राखेको नाम कसैले दुरुपयोग गरेमा मुद्दा लाग्ने उनले बताइन् ।

‘कानुनले पीडितको नाम गोप्य राख्नुपर्छ भनेको छ । यदि पीडितले उजुरी हालेमा साइबर अपराधअन्तर्गत कारवाही हुन सक्छ’ खतिवडाले भनिन्,‘त्यसको लागि प्रहरी प्रतिवेदन बनाएर वा गौशाला–२६ ले जाहेरी दिएमा कारवाही हुन्छ ।’

पुस १३ गते नाबालिक बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदातल काठमाडौंले दोषी ठहर गरेको थियो । आज उनको सजायँ निर्धारणका लागि पेशी तोकिएको छ ।

पीडितको नाम गोप्य किन ?
यो प्रश्नमा कानुनविद खतिवडाको तर्क यस्तो छ–
– पीडितको सुरक्षाका लागि उसको नाम गोप्य राखिन्छ । पीडितमाथि आक्रमण हुन सक्छ भन्ने हेतुले गोप्य राख्नुपर्ने हुन्छ ।

– पीडितलाई समाजले हेर्ने दृष्टिकोण राम्रो छैन । त्यही घटनाले उसलाई जीवनभर आरोप लगाउन सक्ने स्थितिबाट बचाउनु हो । पलपल पीडितलाई बाँच्न नसक्ने बनाइन सक्ने अवस्था छ ।

– जघन्य फौजदारी मुद्दामा जाहेरी दिएर लडिरहेका महिला घर, परिवार र समाज सबैबाट घृणाको पात्र बन्ने अवस्था छ । समाज पृतिसतात्मक छ । महिलालाई नै दोष दिने अवस्था छ । त्यसैले पीडितप्रतिको धारणा नकारात्मक नबनोस् भनेर गोपनीयता राखिन्छ ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  १२ : ४३ बजे

राष्ट्रपति कार्यालयमा संविधान दिवसको विशेष समारोह (तस्बिरहरु)

काठमाडौं- संविधान दिवस (राष्ट्रिय दिवस) २०८३ का अवसरमा शनिबार राष्ट्रपति

असहमतिलाई सम्मान गर्ने र आलोचनाबाट सिक्ने संस्कारले मात्र लोकतन्त्र बलियो हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले असहमतिलाई सम्मान गर्ने, आलोचनाबाट सिक्ने र

कृषि विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै

चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालयमा स्नातक तहमा अध्ययन गर्न

नेपाल पुलिस स्कुललाई रनिङ फुटबल ट्रफीको उपाधि

भक्तपुर- यस वर्षको सैनिक आवासीय महाविद्यालय अन्तरविद्यालय रनिङ फुटबल ट्रफीको

प्रधानमन्त्रीलाई प्रभु साहको सुझाव : जंगी अड्डामा होइन जनतामा फर्कनुहोस

वीरगञ्ज- आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु