सुत्ने समयमा मोबाइल चलाउने बानी छ ? अध्ययनले देखायो यस्तो खतरा « Khabarhub

सुत्ने समयमा मोबाइल चलाउने बानी छ ? अध्ययनले देखायो यस्तो खतरा


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अहिले स्मार्ट फोन सबैको हातहातमा हुन्छ । मोबाइलको धेरै प्रयोग गर्ने बानीले स्वास्थ्यमा गम्भीर खालको असर देखिने विज्ञहरु बताउँछन् ।

सुत्नेबेला मोबाइल चलाउनु मानिसक स्वास्थ्यका लागि निकै घातक हुने एक तथ्यले देखाएको छ । करिब १ लाख मानिसहरुमा गरिएको सर्वेक्षणपछि उक्त तथ्य सार्वजनिक भएको हो ।

राति सुत्नेबेला मोबाइल चलाउनु मानिसक स्वास्थ्यका लागि धेरै हानिकारक हुने पत्ता लगाइएको समाचार संस्था इन्डिपेन्डेन्टले उल्लेख गरेको छ । यसअघि पनि आरामपूर्ण निद्रा पुर्याउन सुत्ने समयमा मोबाइल चलाउनु उचित नहुने अध्ययनले देखाएको थियो ।

तरपनि अधिकांश मानिसहरु फेसबुक, ट्वीटर र इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालहरु घण्टौँसम्म स्क्रोल गरेर मात्र निदाउने गर्दछन् । यही विषयमा अध्ययन गरिरहेका विज्ञहरुले अहिले यस्ता मानिसहरुमा तनाव, एक्लोपना, बाइपोलार डिसअर्डर र व्यक्तित्वमा नकारात्मक असर जस्ता मानसिक रोगहरु देखा पर्ने दाबी गरेका छन् ।

मोबाइलको प्रयोगका कारण मानिसहरुले पूरा निद्रा लिन नपाउने हुनाले शरीरको २४ घण्टे प्रणालीमा अवरोध आउने अध्ययनकर्ताहरुको भनाइ छ । युनिभर्सीटी अफ ग्लासगोका प्रोफेसरहरुले प्रकाशन गरेको ‘ल्यान्सेट साइकियाट्री’ अध्ययनमा नै पहिलोपटक यसले शरीरको दैनिक साइकलमा खराब प्रभाव पार्ने उल्लेख गरिएको थियो ।

यसैको सर्वेक्षणका क्रममा राति मात्र सक्रिय मानिसहरुकोे नाडीका गतिविधि र आन्तरिक शरीरिक प्रणालीमा आउने अवरोधबारे अनुसन्धान गर्न सात दिनसम्म हातमा एक्सेलोमिटर राखिएको थियो । यसै प्रक्रियापछि अनुसन्धानकर्ताहरुले २५ मध्ये एक जनामा असामान्य मानिसक गतिविधि देखा पर्ने बताएका हुन् ।

त्यसैगरी ११ प्रतिशत मानिसहरुमा बाइपोलार डिसअर्डर हुने र ६ प्रतिशत डिप्रेशन र एक्लोपनाको शिकार हुने पनि पत्ता लगाइएको हो । यस्ता मानिसहरुमा अनिद्राको समस्या बढी भेटिने हुनाले नै उनीहरु राति सक्रिय हुने गर्छन् । त्यसकारण यिनीहरु मध्य रातमा मोबाइल चलाउने, चिया पकाउने जस्ता गतिविधिमा संलग्न हुने गरेको प्रमुख अध्ययनकर्ता ड्यानिअल स्मिथले बताएका हुन् ।

उनका अनुसार यस प्रकारका मानसिक रोगबाट बच्न १० बजे सम्मको समयसीमा तोक्न आवश्यक छ । मानिसहरुले त्यसभन्दा पछाडि मोबाइल चलाउनमा रोक लगाए समस्या धेरै कम हुने उनको भनाइ छ ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  ९ : ०७ बजे

प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय मुक्ति पार्टीद्वारा काठमाडौंबाट उम्मेदवार सिफारिस

काठमाडौँ– आगामी प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय मुक्ति पार्टी नेपाल, काठमाडौँ

बिरामीलाई महँगा अस्पताल लैजाने एम्बुलेन्स चालकलाई कारबाही गर्ने मन्त्रालयको चेतावनी 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आर्थिक प्रलोभनमा पारी बिरामीलाई महँगा

रुग्ण ठेक्का रद्द गरेर अलपत्र आयोजनालाई गति दिँदै मन्त्रालय

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले १०० दिनको अवधिमा

ओखलढुङ्गामा विद्यालय भवनको शिलान्यास, भारतको ४ करोड आर्थिक सहयोग

काठमाडौं– ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–५ स्थित राज्यलक्ष्मी माध्यमिक विद्यालयका लागि नयाँ

कस्मेटिका २०२५ : नेपालमा पहिलो ठूलो सौन्दर्य, वेलनेस र कस्मेटिक्स एक्स्पो

काठमाडौं– नेपालमा पहिलो पटक आयोजित कस्मेटिक, सौन्दर्य र वेलनेस सम्बन्धी