वीर अस्पतालमा ‘मेमोग्राम’ सञ्चालन « Khabarhub

वीर अस्पतालमा ‘मेमोग्राम’ सञ्चालन


२५ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वीर अस्पतालमा स्तन क्यान्सरको उपचारका लागि अत्याधुनिक उपकरण सञ्चालन गरिएको छ । स्तन क्यान्सर परीक्षण (स्क्रिनिङ)का लागि अत्याधुनिक उपकरण ‘मेमोग्राम’ सञ्चालन गरिएको हो ।

 अस्पतालका निर्देशक डा सन्तोष पौडेलले स्तनमा क्यान्सर रोग लाग्नुभन्दा पहिल्यै क्यान्सरका लक्षण पत्ता लगाउने विधिलाई स्क्रिनिङ भनिने जनाउँदै सरकारी अस्पतालमा पहिलो पटक अत्याधुनिक क्यान्सर स्क्रिनिङ उपकरण ‘मेमोग्राम’ सञ्चालन गरिएको जानकारी दिए। उनका अनुसार ४० वर्षभन्दा माथिका महिलाको स्तन क्यान्सर स्क्रिनिङ गर्नका लागि उक्त उपकरण प्रयोग गरिन्छ ।

उनका अनुसार अहिले दैनिक तीन देखि चारजना महिलाको क्यान्सर स्क्रिनिङ गरिँदै आइएको छ । स्तनमा क्यान्सरको समस्या देखिनु भन्दा पहिले नै लक्षण पहिचान गर्नका लागि यो विधि प्रयोग गरिने उनको भनाइ थियो ।

स्तन क्यान्सरको स्क्रिनिङ गर्नका लागि रू एक हजार पाँच सय शुल्क तोकिएको अस्पताल प्रशासनले जनाएको छ । वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा अरुण शाहीले नेपालका महिलामा हुने क्यान्सरमध्ये स्तन क्यान्सर दोस्रो नम्बरमा रहेकाले समयमा नै स्क्रिनिङ गर्न आवश्यक रहेको बताए । उनका अनुसार महिलामा देखिने पहिलो क्यान्सर पाठेघरको मुखको क्यान्सर हो । 

नेपालमा दैनिक तीन जना महिलाको स्तन क्यान्सरका कारण मृत्यु हुने गरेको डा शाहीले जानकारी दिए। समयमा नै स्तन क्यान्सर सम्बन्धिका रोग पत्ता लगाउन सके प्रभावकारी उपचारका माध्यमबाट बिरामीलाई बचाउन सकिने उनको भनाइ थियो । 

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ७ : १० बजे

ललितपुरमा दुई युवामाथि चक्कु प्रहार

काठमाडौं- ललितपुरको कृष्ण मन्दिरमा दुई युवामाथि चक्कु प्रहार भएको छ

संविधान संशोधन बहसपत्र कार्यदलको कार्याेजना बनाउने जम्मा सुवेदीलाई

काठमाडौँ– संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक २०८२

लुम्बिनी प्रदेशसभा बैठक : समसामयिक विषयमा छलफल

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको बैठकमा सङ्घीय र प्रदेश सरकारसँग सरोकार राख्ने

वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौं संस्थाका सञ्चालक गोले पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगार पीडितलाई ठगी गर्ने वैदेशिक रोजगार उद्धार