वनमन्त्री महतो र महानिर्देशक क्यू डोङग्यूबीच भेटवार्ता « Khabarhub

वनमन्त्री महतो र महानिर्देशक क्यू डोङग्यूबीच भेटवार्ता


२६ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतो र संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनका महानिर्देशक क्यू डोङग्यूबीच भेटवार्ता भएको छ । 

बिहीबार सिंहदरबारस्थित वन तथा वातावरण मन्त्रालयमा भएको भेटवार्तामा नेपाल सरकार र एफएओबीच रहँदै आएको निरन्तर समन्वय, सहकार्य तथा साझेदारीलाई आगामी दिनमा पनि निरन्तरता दिनेबारे कुराकानी भएको थियो ।

भेटवार्तामा एफएओका महानिर्देशक क्यू डोङग्यूले नेपाल तथा नेपाली जनताका लागि प्रत्यक्ष आर्थिक प्रतिफल हुने खालका नवीन कृषिवनका चीनमा भएका सफल उदाहरणहरु नेपालमा कार्यान्वयन गर्न सुझाव दिएका थिए । 

आगामी दिनमा समेत दुई पक्षबीच वन, वातावरण तथा जलवायु परिवर्तनजस्ता क्षेत्रमा सहकार्य गर्नेबारे उनीहरुबीच छलफल भएको मन्त्रालयले जनाएको छ । सो अवसरमा मन्त्री डा. महतोले विगत सात दशकदेखि एफएओ नेपालको विकास प्रयासमा महत्वपूर्ण साझेदार रहँदै आएको उल्लेख गरे ।

प्रकाशित मिति : २६ पुस २०८०, बिहीबार  ३ : ३७ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी