रुसी सेनामा भर्ती भएका प्युठानका युवकको मृत्यु « Khabarhub

रुसी सेनामा भर्ती भएका प्युठानका युवकको मृत्यु


२६ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.7k
Shares
  • change font
  • change font
  • change font

प्युठान – रुसी सेनामा भर्ती भएका प्युठानका एक युवकको मृत्यु भएको छ । प्युठान नगरपालिका–४ काठेवर निवासी सोनु सुनारको मृत्यु भएको रुसबाट उनका साथीले जानकारी दिएका हुन् ।

मृतक सुनारका छिमेकी खगेश्वर थापाले दिएको जानकारी अनुसार उनीसँगै रहेका उनका साथी पनि घाइते छन् । निजले नै उनको मृत्युको खबर दिएका हुन् । प्युठान नगरपालिकाका प्रमुख विष्णु योगीले सुनारको मृत्युको खबरले प्युठानवासी मर्माहत भएका बताए ।

नगरप्रमुख योगी नेतृत्वको टोलीले भोलि सुनारका अभिभावकलाई भेटेर रुसबाट प्राप्त दुःखद खबरबारे थप जानकारी दिइने थापाले बताए ।

छिमेकी थापाले यस घटनाबारे परराष्ट्र मन्त्रालयमा जानकारी गराइएको बताउ । उनका अनुसार दुई वर्षदेखि कतारमा कार्यरत सोनु केही महिनाअघि त्यहीँबाट रुसी सेनामा भर्ती भएका थिए ।

प्रकाशित मिति : २६ पुस २०८०, बिहीबार  ८ : १५ बजे

एमालेले स्वीकार्‍यो : जनताको बदलिएको मनोविज्ञान बुझ्न असफल भयौँ

काठमाडौं– नेकपा एमालेले गत फागुन २१ गतेको पछिल्लो निर्वाचनमा आफ्नो

मेसीको भावुक सन्देश- ‘बुवा, तपाईं अब हुनुहुन्न भन्ने विश्वासै लाग्दैन’

 काठमाडौं– अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसीले आफ्ना दिवंगत बुवा जर्ज मेसीलाई

आईजीपी कार्कीको आक्रोश, ‘हामी नै सबैभन्दा काम नलाग्ने मानिस रहेछौँ कि जस्तो लाग्यो’

काठमाडौं– निर्वाचन प्रहरीको पोसाक खरिदमा अनियमितताको उजुरीबारे संसद्को सार्वजनिक लेखा

एमालेकै प्रतिवेदन भन्छ- ओलीलाई नेतृत्वबाट बिदा गरौँ, उमेर हद र दुई कार्यकालको सीमा ब्युत्याऊँ

काठमाडौं– नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले पार्टीलाई