आन्दोलनको तयारीमा यातायात मजदुर | Khabarhub Khabarhub

आन्दोलनको तयारीमा यातायात मजदुर


२६ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

जनकपुर – नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मधेश प्रदेशले देशव्यापी आन्दोलन गर्ने भएको छ । बिहीबार जनकपुरमा आयोजित प्रदेशस्तरिय कार्यशालाले सरकार एकलौटी अघि बढेको बन्दै देशव्यापी आन्दोलन गर्ने निष्कर्ष निकालेको हो ।

यातायात क्षेत्रका कानुन संशोधन र नयाँ कानुन निर्माणमा सरोकारवालहरुको सुझाव ग्रहण नगरेको उनीहरुले बताएका छन् ।

संगठनले देशव्यापी सञ्चालन गरिरहेको कार्यथलो अभियान अन्तर्गत योजना कार्यशालाका लागि जनकपुर आएका संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ संशोधनको अन्तिम अवस्थामा रहेको बताएका थिए । यस विषयमा सरकारले सरोकारवालाहरुसँग छलफल नगरेको र यातायात मजदुरलाई असर गर्ने सहरी यातायात ऐन कार्यान्वयनको तयारी गरेकाले आन्दोलनमा जानुपर्ने अवस्था आएको उनको भनाइ छ  ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले सरकारलाई लिखित रुपमा कानुन संशोधनका लागि सरकारलाई १६ बुँदे सुझाव प्रस्तुत गरेको बताउँदै अध्यक्ष राईले भने, ‘सडक दुर्घटनामा चालकलाई हुने सजायको व्यवस्था रहेको सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६१ को उप दफा २, दफा १६२, दफा १६३ र दफा १६४ श्रमिक प्रतिकुल रहेकाले संशोधन गर्दै र दफा १६७ लाई पूर्ण कार्यान्वयन गर्नुपर्छ ।’

कार्यशालामा संगठनका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश इन्चार्ज सुरेन्द्र साह, जनकपुरका संस्थापक नेता असर्फि झा, संगठनका पूर्व केन्द्रीय उपाध्यक्ष रामनरेश सिंह लगायतका नेताहरुले कार्यशालाको सहजीकरण गरेका थिए ।

संगठनका प्रदेश अध्यक्ष अनिरुद्र झाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रदेश सचिव मनोज झाले गरेका थिए ।

प्रकाशित मिति : २६ पुस २०८०, बिहीबार  ९ : ३९ बजे

इजरायलसँगको युद्धपछि चिनियाँ जे–१०सी लडाकु विमान किन्ने इरानको तयारी

काठमाडौं– गत महिना, जब दर्जनौँ इजरायली र अमेरिकी युद्धक विमानहरूले

श्रीमती बचाउन गएका खड्कलालको करेन्ट लागेर मृत्यु

बाँके–  बैजनाथ गाउँपालिका-२ कलरामपुर स्याली गाउँ बस्ने ७३ वर्षीय खड्कलाल जैसीको करेन्ट

बुटवल-नारायणगढको दाउन्ने खण्ड शीघ्र सम्पन्न गर्नुपर्नेमा जोड

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल-नारायणगढको १४ किलोमिटर दाउन्ने खण्डमा

शेखरलाई साथ दिँदै विनोद चौधरीलाई गुरू घिमिरेको ८ बुँदे ‘काउन्टर’

काठमाडौं- डलर अर्बपति विनोद चौधरीले नेपाली कांग्रेसका नेता डा. शेखर

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

मकवानपुर– १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा मनहरी गाउँपालिका-१ मकरी बस्ने