निद्रामा घुर्ने समस्या के हो ?   « Khabarhub

निद्रामा घुर्ने समस्या के हो ?  


२८ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


591
Shares
  • change font
  • change font
  • change font

निदाएको समयमा श्वास फेर्दा निस्कने आवाजलाई घुर्नु भनिन्छ । यो समस्याले स्वयं व्यक्तिलाई भन्दा पनि सँगै भएको अर्को मानिसलाई बढी असर पुर्‍याउँछ । अहिले अधिकांश मानिस घुर्ने समस्याका कारण पीडित छन् ।

किन घुर्छ मानिस ?
चिकित्सकका अनुसार स्वास्थ्यको हिसाबले हेर्ने हो भने पनि घुर्नुलाई राम्रो मानिँदैन । यसले स्वास्थ्यमा दूरगामी असर पार्न सक्छ ।

राति या दिउँसो निदाएको बेलामा घाँटी र नाकको श्वास नली अप्राकृतिक ढङ्गले टालिन्छ वा बन्द हुन्छ । तब साँघुरो नलीबाट छिटो हावा पार हुने क्रममा घुरेको आवाज आउँछ ।  

यसबाट छुटकारा पाउन के गर्ने ?
धेरै मानिसहरू उत्तानो परेर सुत्दा धेरै घुर्ने गरेको विभिन्न अध्ययनहरूले बताएका छन् । त्यसैले कोल्टे परेर सुत्ने गर्दा यो समस्या कम हुँदै जान्छ ।

यसका अलावा अत्यधिक धूमपान, मद्यपान र लागूऔषधबाट टाढा रहने, सुत्नुभन्दा  ३ घण्टा अगाडि नै खाना खाने, खानामा कम मसला, चिल्लो, पिरो खाने ।

यस्तै, नियमित रूपमा व्यायाम र प्रशस्त मात्रामा पानी पिउने, शरीरमा भएको मोटोपना घटाउने, राती सुत्दा झ्याल वा भेन्टिलेसनबाट हावा आवतजावत हुने गरी वातावरण बनाएर सुत्ने गर्नु पर्दछ ।

समस्या समाधानका अन्य उपाय यस्ता छन्–
१. एक कप मनतातो पानीमा एक चम्चा बेसार र मह मिलाएर राम्ररी घोल्नुहोस् । प्रत्येक रात सुत्नुभन्दा अघि यसलाई पिउनुहोस् र यसले केही दिनमा नै असर गर्न सुरु गर्दछ ।

२. प्रत्येक सुत्नु पूर्व मनतातो पानीमा इलायची वा यसको धुलो मिलाएर पिउनुहोस् । यसले पनि निद्रामा घुर्ने बानीलाई दूर गर्न मद्दत गर्दछ ।

३. बेसारलाई धेरैजसो समस्याको रामवाण मानिन्छ । प्रत्येक रात सुत्नुभन्दा अघि दूधमा बेसार मिलाएर पिउँदा पनि घुर्ने समस्याबाट मुक्ति पाउन सकिन्छ ।

४. सुत्नु अघि मनतातो पानीमा पुदिनाको तेलको केही थोपा राखेर कुल्ला गर्नुहोस् । यसो गर्दा नाक बन्द भएको ठीक हुन्छ र सास लिन पनि सहज हुन्छ ।

घुर्ने समस्या धेरै नै भयो भने चिकित्सकको सल्लाह र परामर्श लिनु जरुरी छ ।

 

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  ६ : ४७ बजे

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे प्रचण्ड

काठमाडौं— नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेपाली कम्युनिस्ट पार्टी

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : २९ प्रस्तावमा के छ ?

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ?

काठमाडौँ – स्वास्थ्य बीमा बोर्डले आगामी २०८३ पुस १ गतेदेखि

एमाले र मसालसँग सहकार्य गर्ने समझदारी भइसक्यो : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले र

कांग्रेस महाधिवेशन उद्घाटन समारोह (लाइभ)

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा सुरु भएको