सरकारबाट बाहिरिने सिके राउतको संकेत, छलफलका लागि प्रधानमन्त्रीले बोलाए « Khabarhub

सरकारबाट बाहिरिने सिके राउतको संकेत, छलफलका लागि प्रधानमन्त्रीले बोलाए


२९ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


540
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मवारी लिएर गठबन्धन सरकारमा आवद्ध जनमत पार्टीले सरकारबाट बाहिरिने तयारी गरेको छ । राउतले सरकार छाड्ने संकेत गरेपछि प्रधानमन्त्री दाहालले उनलाई छलफलका लागि बोलाएका छन् ।

पार्टीका अध्यक्ष सिके राउतले आइतबार खबरहबसँग कुरा गर्दै आफू जुनसुकै बेला पनि सरकार बाहिर बाहिरन तयार भएको बताएका हुन् । उनले भने, ‘मलाई सत्तामा बस्न लोभ छैन । म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारबाट निस्की भनेका दिन निस्कन तयार छु । म सङ्घीयता खतरामा नपरोस् भनेर मात्र सरकारमा सहभागी भएको हो ।’

आइबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा जनमत पार्टीका अध्यक्ष राउत सहभागी भएनन् । बैठकपछि राष्ट्रियसभाका उम्मेदवारलाई जिताउने गरिएको संयुक्त अपीलमा पनि राउतले हस्ताक्षर गरेनन् ।

प्रधानमन्त्री दाहालले आफूहरूलाई बैठकमै नबोलाएको राउतले बताए । उनले भने, ‘राष्ट्रियसभामा म आफ्नो किसिमले उम्मेदवारी दिन्छु, यो मेरो पार्टीको स्वतन्त्रताको विषय हो ।’

बालुवाटार बैठकमा राउतको अनुपस्थितिसँगै प्रधानमन्त्रीले सिके राउतको पार्टीलाई सरकारबाट मन्त्री फिर्ता बोलाउन भनेको चर्चा सुरु भएको छ । राउतका अनुसार सोमबार प्रधानमन्त्री दाहालले भेट्न बोलाएका छन् । उनले भने, ‘किन बोलाउनुभएको हो थाहा छैन । तर, म राष्ट्रियसभामा गठबन्धन गरेर जाने पक्षमा छैन ।’

राष्ट्रियसभा निर्वाचनमा गठबन्धनले एक सिट नदिएपछि सिके राउत र प्रधानमन्त्री दाहालबीच खटपट सुरु भएको हो ।

प्रतिनिधिसभामा राष्ट्रिय पार्टीका रुपमा रहेको जनमत पार्टीको ६ सिटमा प्रतिनिधित्व छ । एउटा मन्त्रालय पाएको जनमतले अनिता देवीलाई सामान्य प्रशासन मन्त्रीका रुपमा सरकारमा पठाएको छ ।

 

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ६ : ०२ बजे

अप्रिलमा एक लाख सात हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं – सन् २०२६ को अप्रिल महिनामा एक लाख सात

पाँच लाख धरौटी तिरेर छुटेलगत्तै शेखर गोल्छा बीमासम्बन्धि कसुरमा पुनः पक्राउ

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा धितोपत्र

हितेन्द्रदेव शाक्यसहित विद्युत प्राधिकरणअन्तर्गतका १० जना पदमुक्त

काठमाडौँ । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलयातलाई

चालकले अटेर गर्दा रोशीको बाढीमा फसे ५ माइक्रो

काठमाडौँ । काभ्रेपलाञ्चोकको रोशी खोलाको बाढीमा ५ वटा माइक्रो बस

काभ्रेको रोशी खोलामा ५ माइक्रोबस फसे, उद्धार प्रयास जारी

काभ्रेपलाञ्चोक – अविरल बहाव बढेपछि काभ्रेपलाञ्चोकको रोशी खोलामा ५ वटा