मेलम्चीको पानी भोलि काठमाडौं आउने « Khabarhub

मेलम्चीको पानी भोलि काठमाडौं आउने


२९ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मेलम्ची खानेपानी आयोजनाको पानी भोलि (सोमबार) काठमाडौं आउने भएको छ । बाढी, पहिरोका कारण क्षति भएर अवरुद्ध बनेको मेलम्ची खानेपानी आयोजनाको पानी माघ १ गतेदेखि काठमाडौं आउन लागेको हो ।

खानेपानी परियोजना अवरुद्ध भएको स्थानमा मर्मत गरेपछि मेलम्चीको पानी बुधबार साँझदेखि पुनः काठमाडौंतर्फ पथान्तरण गरिएको थियो ।

यही पुस ३ गते मेलम्ची खानेपानी विकास समिति र निर्माण व्यवसायी सिनो हाइड्रोबीच २८ दिनमा मेलम्चीको पानी काठमाडौं ल्याउनेगरी भएको सहमति अनुसार सोमबारदेखि मेलम्चीको पानी काठमाडौं आउन लागेको हो । यससँगै काठमाडौं उपत्यका खानेपानी लिमिटेडले काठमाडौं उपत्यकाबासीका लागि मेलम्चीको पानी वितरण गर्ने तयारी थालेको छ ।

मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं आउने मेलम्ची खानेपानी विकास समितिका आयोजना निर्देशक जक्की अहमद अन्सारीले जानकारी दिए । आयोजनाले अम्बाथानको २१ नम्बर गेट, पानी पथान्तरण गर्ने ९ नम्बर गेट र १ नम्बर गेटको मर्मत गरेर काठमाडौंका लागि पानी पठाएको सिनियर डिभिजनल इञ्जिनियर पदमबहादुर कुँवरले बताए ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ७ : १७ बजे

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण