पहिचान खुल्ने डरले असुरक्षित गर्भपतन गराउँछन् अविवाहित महिला | Khabarhub Khabarhub

पहिचान खुल्ने डरले असुरक्षित गर्भपतन गराउँछन् अविवाहित महिला


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङको राप्ती प्रादेशिक अस्पतालमा १ वर्षको अवधिमा २ सय ५८ जनाले सुरक्षित गर्भपतन गराएका छन् । अस्पतालमा गर्भपतन गराउनेमा २० वर्ष माथिका २ सय ३४ जना छन् भने १६ देखि २० वर्षका २४ जना महिला रहेका छन् ।

अस्पतालका मेडिकल रेकर्डर सुपरभाइजर दुर्गा रेग्मीका अनुसार अघिल्लो वर्षको भन्दा यसवर्ष गर्भपतन गराउने महिलाको संख्या बढेको छ । आर्थिक वर्ष २०७४/७५ मा २ सय २३ जनाले गर्भपतन गराएकोमा आर्थिक वर्ष २०७५/७६ मा २ सय ५८ जनाले गर्भपतन गराएका हुन् ।

अस्पतालमा सुरक्षित गर्भपतन गराउनेमा केही अविवाहित महिलाहरु पनि रहेका छन् । उनीहरुले गर्भपतनका लागि आउँदा आफ्नो वास्तविक नाम र ठेगाना नबताउने गरेको अस्पतालका चिकित्सक विनोद सिंहले बताए ।

केही महिलाहरु आफ्नो परिचय खुल्ने डरले असुरक्षित गर्भपतन गराइ स्वास्थ्यमा समस्या देखिएपछि मात्रै अस्पताल आउने गरेको डा सिंहले बताए ।  उनका अनुसार हरेक महिना ४ देखि ५ जना महिलाहरु अन्यत्र असुरक्षित गर्भपतन गराएर स्वास्थ्य समस्या देखिएपछि मात्रै अस्पतालमा आइपुग्ने गरेका छन् ।

पछिल्लो समय गर्भपतन गराउने महिलाहरु बढ्दै गएकाले गर्भपतन गराउनुभन्दा परि परिवार नियोजनका साधनको प्रयोग गर्नुपर्ने चिकित्सक बताउँछन् ।

अस्पतालले १२ हप्तासम्मको गर्भ महिलाको इच्छाअनुसार गर्भपतन गराउँदै आएको छ भने १२ देखि १८ हप्तासम्मको गर्भ बलात्कार, हाडनाता कसरी र गर्भका कारण आमाको ज्यान जोखिममा रहेको प्रमाणित भएमा गर्भपतन गर्ने गरेको छ ।

अस्पतालमा सुरक्षित गर्भपतनका लागि दाङ, सल्यान, रुकुम र रोल्पाबाट गर्भवतीहरु आउने गर्छन् । अस्पतालमा हुने गर्भपतन सेवा निशुल्क रहेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  ३ : ४५ बजे

सरकार बनेको एक महिनापछि दलहरूसँग संवाद गर्दै प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय दलका मुख्य नेताहरूसँग संवादका लागि

घट्यो सुनको मूल्य

काठमाडौं– सुनको मूल्य तोलामा चार हजार ८०० रुपैयाँले घटेको छ ।

असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छ : प्रचण्ड

ललितपुर– नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल

लहानमा ‘ओभरपास’ र्निर्माण पुनः सुरु

सिरहा– पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर–कमला सडक विस्तारका क्रममा लहानमा तीन महिनादेखि

पर्यटकीय सम्भावनाको केन्द्र दाङको राजाकोट

दाङ– दाङको दङ्गीशरण गाउँपालिका–२ स्थित राजाकोट पछिल्लो समय पर्यटकको आकर्षण