इटालियन सिरी ए : रोमामाथि एसी मिलानको सहज जित « Khabarhub

इटालियन सिरी ए : रोमामाथि एसी मिलानको सहज जित


१ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इटालियन सिरी ए फुटबलमा एसी मिलानले सहज जित निकालेको छ । गएराति भएको खेलमा रोमालाई ३–१ गोलले हराउँदै मिलान विजयी भएको हो ।

मिलानका लागि यासिन अदली, थियो हर्नान्डेज र ओलिभर गिरोडले एक–एक गोल गरेका थिए । रोमका लिआन्ड्रो परेडेसले एक गोल फर्काएका थिए ।

मिलानका अदलीले खेलको ११औँ मिनेटमा टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि ५६औँ मिनेटमा हर्नान्डेज८४औँ मिनेटमा गिरोडले गोल गरेका थिए । रोमाका परेडेसले खोलको ६९औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए ।

यो जितसँगै एसी मिलान २० खेलबाट ४२ अंक जोडेर तालिकाको तेस्रो स्थानमा रहेको छ ।

शीर्ष स्थानको इन्टर मिलानको ५१ अंक छ भने १९ खेल खेलेको युभेन्टसको ४६ अंकसहित दोस्रो स्थानमा छ । यस्तै, पराजित भएको रोमा २९ अंकका साथ नवौँ स्थानमा छ ।

 

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ६ : १६ बजे

योगेशको आरोप- पार्टी पुनर्गठन कार्यदलमा अध्यक्ष ओलीले हस्तक्षेप गरे

काठमाडौं– नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी नेतृत्वको हस्तान्तरण मार्फत

न्यू दमौली ४०० केभी सवस्टेशन निर्माण तीव्र

दमौली– मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसीए) नेपालअन्तर्गत तनहुँमा निर्माण भइरहेको न्यू

राष्ट्रियसभा : जलवायु परिवर्तनबाट हुने क्षति कम गर्न पूर्वतयारी गर्नुपर्नेमा जोड

काठमाडौं- राष्ट्रियसभामा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक कमला पन्तले जलवायु

कुमारी माजुको आशीर्वाद लिन पुगे धवलशमशेर

काठमाडौं– जय नेपाल पार्टीका सभापति डा. धवलशम्सेर राणाले कुमारी माजुको

विपिन-मिरुनाको जोडीसँग उपेन्द्र सुब्बा फर्किँदै, ‘बखत्ते’को शुभमुहूर्त

काठमाडौं– ‘जारी’ र ‘जारी २’ जस्ता चर्चित चलचित्र निर्देशन गरेका