मतदाता नै नभएका प्रदेशमा गठबन्धनलाई जनमतको समर्थन, मधेश र लुम्बिनीमा आफ्नै उम्मेदवार « Khabarhub

मतदाता नै नभएका प्रदेशमा गठबन्धनलाई जनमतको समर्थन, मधेश र लुम्बिनीमा आफ्नै उम्मेदवार


१ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्ता गठबन्धनको एक घटन जनमत पार्टीले राष्ट्रियसभा निर्वाचनमा मधेश र लुम्बिनी प्रदेश बाहेक अन्य प्रदेशमा गठबन्धनका साझा उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष डा. सीके राउतले आज एक अपिल जारी गर्दै जनमत पार्टीले उम्मेदवार उठाएका ठाउँमा बाहेकका ठाउँमा वर्तमान सत्ता गठबन्धनका उम्मेदवारलाई समर्थन गर्ने जनाएका हुन् ।

तर मधेश र लुम्बिनी प्रदेशबाहेक अन्यमा जनमतको मतदाता रहेका छैनन् । जनमतको यो नैतिक समर्थन मात्र हुनेछ ।

उनले माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा जनमत पार्टीका तर्फबाट मधेशका उम्मेदवार रामशंकर महासेठ र लुम्बिनी प्रदेशका उम्मेदवार बालगोविन्द चौधरी थारूलाई मत दिन आग्रह गरेका छन् ।

राष्ट्रियसभामा सत्ता गठबन्धनले भागबण्डा गरेका १९ सिटमा जनमत पार्टीले पनि एक सिट दाबी गरेको थियो । तर माग सुनुवाइ नभएपछि मधेस र लुम्बिनी प्रदेशमा आफ्नो उम्मेदवार खडा गरेको थियो ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ११ : ५० बजे

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।