बेरोजगारी अन्त्यको आधार प्रधानमन्त्री रोजगार कार्यक्रम हुने छ : मन्त्री विष्ट « Khabarhub

बेरोजगारी अन्त्यको आधार प्रधानमन्त्री रोजगार कार्यक्रम हुने छ : मन्त्री विष्ट


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाण्डौं– श्रम, रोजगार सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्टले विगतका आर्थिक वर्षहरुमा भन्दा चालु आर्थिक वर्षमा धेरै रोजगारीका अवसर सिर्जना हुने बताएका छन् । बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको प्रधानमन्त्री रोजगारी कार्यक्रमको समिक्षा गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै श्रम मन्त्री विष्टले बेरोजगारी अन्त्यको आधार प्रधानमन्त्री रोजगार कार्यक्रम हुने धारण राखे ।

‘सरकारले सबै स्थानीय तहमा रोजगारीको अवसर सिर्जना गर्न सझेदारी गरेको छ । प्रधानममन्त्री रोजगार कार्यक्रममार्फत युवालाई रोजगारी मात्र होइन, उद्यमी र व्यवसायी बनाउने लक्ष्य श्रम मन्त्रालयको छ । सोहीअनुसार काम भइरहेको छ ।’ मन्त्री विष्टले भने, ‘गत आर्थिक वर्ष हतारमा काम गर्दा केही समस्या आए होला तर, चालु आर्थिक वर्षमा व्यवस्थित ढंगले रोजगार कार्यक्रम सञ्चालन हुन्छ । गत आर्थिक वर्ष जस्तो हुँदैन ।’

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमले बेरोजगारी समस्या मात्र होइन उनीहरुलाई देशभित्र रोजगारी दिनुपर्छ भन्ने भावानाको विकास पनि गर्ने श्रम मन्त्रालयका सचिव महेश दाहालले बताए । गत आर्थिक वर्षमा सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममा १ लाख ७५ हजार ९ सय ९ जना युवालाई मौसमी रोजगारी दिएको छ । जसबाट मन्त्रालयले ६ हजार ८ सय ६४ विभिन्न आयोजनामा रोजगारीका अवसर सिर्जना गरेको जनाएको छ ।

यी आयोजनामा २२ लाख ६२ हजार २ सय ६९ जना युवालाई प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रोजगारी दिएको श्रम मन्त्रालयले जनाएको छ । गत आर्थिक वर्षमा ३ अर्ब रुपैयाँ छुट्याइएको यो कार्यक्रममा आगामी वर्ष दुई अर्ब थपेर ५ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।

सरकारले एक दिनसम्मको काम खोजिदिन नसकेको अवस्थामा बेरोजगार व्यक्तिलाई जीवन निर्वाह भत्ता भनेर केही रकम दिनेछ । यो रकम एक सय दिनको न्यूनतम तलबको आधा हुनेछ । सरकारले श्रमिकको न्यूनतम मासिक पारिश्रमिक १३ हजार ४ सय ५० तोकेको छ । यसकै आधारमा बेरोजगारी भत्ता दिने बताइएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  ३ : ०१ बजे

नेपालको प्राथमिक पुँजी बजारमा सुधारको खाका, धितोपत्र बोर्डद्वारा ‘भिजन २०३५’ सहितको श्वेतपत्र सार्वजनिक

काठमाडौं– नेपाल धितोपत्र बोर्डले नेपालको प्राथमिक पुँजी बजारलाई आधुनिक, प्रविधिमैत्री

पटनामा सडक दुर्घटनापछि हिंसात्मक प्रदर्शन : १० वटा गाडीमा आगजनी, प्रहरी चौकी पनि जलाइयो

काठमाडौं- भारतको बिहार राज्यको राजधानी पटनामा सडक दुर्घटनामा एक युवकको

थाइल्यान्डको विद्यालयमा गोलीकाण्ड : हजुरबाको पेस्तोलबाट ९ कक्षाका विद्यार्थीले लिए शिक्षकसहित ६ जनाको ज्यान

काठमाडौं- थाइल्यान्डको राजधानी बैंकक नजिकैको एक उच्च माध्यमिक विद्यालयमा शुक्रबार

प्रतिनिधिसभा बैठक : ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकको मधेस प्रदेशको ढल्केवरमा राष्ट्रियस्तरको ट्रमा सेन्टर

‘सर्वोच्चको आदेशलाई सम्मान गर्छौं, विशेष महाधिवेशनको औचित्य फेरि पुष्टि हुन्छ’

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकतासम्बन्धी