अनुप र वर्षा अभिनित फिल्म ‘पुरानो बुलेट’ को ट्रेलर रिलिज (भिडियो) « Khabarhub

अनुप र वर्षा अभिनित फिल्म ‘पुरानो बुलेट’ को ट्रेलर रिलिज (भिडियो)


५ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘पुरानो बुलेट’ को ट्रेलर सार्वजनिक गरिएको छ । पूर्वी नेपालको सामान्य कथा समेटिएको यो फिल्मको ट्रेलर काठमाडौंमा औपचारिक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरियो ।

निर्माण टिमले पूर्वी नेपालको कथा झल्काउने गरी फिल्म निर्माण गरेको जनाएको छ । आयोजित कार्यक्रममा फिल्मका अभिनेता अनुपविक्रम शाही, नायिकाद्वय वर्षा शिवाकोटी र माला लिम्बु लगायत उपस्थित थिए ।

ट्रेलरमा गाउँले परिवेशलाई समेटिएको छ । सन्तोष राई र भिषण राईको कथा तथा पटकथा रहेको ‘पुरानो बुलेट’ लाई भिषण राईले निर्देशन गरेका हुन् ।

चैत्र १ गतेबाट रिलिज हुने यो फिल्ममा अनुप, वर्षा र मालाका अलावा कृष्णभक्त महर्जन, कविता आले, शिव मुखिया, बादल श्रेष्ठ, टीकाराम राई लगायतले अभिनय गरेका छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  ४ : ०६ बजे

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य छ निर्णय

काठमाडौं– सरकारले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउनेसम्बन्धी नियमावली,

कुलमान भन्छन् : चिलिमे विद्युत्गृहको मुख्य पहुँच सुरुङ नै अवरुद्ध हुँदा उद्धारकार्य कठिन बन्यो

काठमाडौं- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं चिलिमे जलविद्युत् आयोजनाका पूर्वप्रमुख

बाढी प्रभावित ग्राहकलाई विद्युत् सेवामा राहत

काठमाडौं- सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा

राष्ट्रियसभामा चाडपर्वअघि उपभोग्य वस्तुको सहज आपूर्तिको माग

 काठमाडौं- राष्ट्रियसभाका सदस्यहरूले दशैँ, तिहारलगायत ठूला चाडपर्व नजिकिँदै गर्दा खाना पकाउने