दोलखामा हिमपात, व्यवसायी र कृषक खुसी  « Khabarhub

दोलखामा हिमपात, व्यवसायी र कृषक खुसी 


२ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

दोलखा– हिमाली जिल्ला दोलखामा यस वर्षको पहिलो हिमपात मंगलबार देखि पर्न थालेको छ।

जिल्लाको माथिल्लो क्षेत्रकाे धार्मिक तथा पर्यटकीय स्थल कालिञ्चोक क्षेत्रमा मंगलबार दिउँसोबाट हिमपात भएको छ भने, शैलुङ र जिरीको चेर्दुङमा पनि दिउँसो देखिनै आंशिक हिमपात हुन् थालेको स्थानीयले बताएका छन् ।

कालिञ्चोकको कुरी तथा आसपासको क्षेत्रमामा  हिमपात भएपछि स्थानीय होटल व्यवसायी र आन्तरिक तथा बाह्र पर्यटक खुसी भएका हुन् ।

कालिन्चोक घुम्दै मन्दिर दर्शन गर्न पुगेका पर्यटकहरू हिउँमा रमाइरहेको स्थानीय होटल व्यवसायी चन्द्र तामाङले जानकारी दिए ।

समुद्री सतह देखि  तीन हजार आठ सय ४२ मिटर उचाइमा रहेको कालिञ्चोक क्षेत्रमा यो वर्षको पहिलो हिमपात माग लाग्ने बित्तिकै भएको तामाङले बताए । गत वर्षको तुलनामा यस क्षेत्रमा एक महिला अघि हिमपात भएको हो।

 

अघिल्लो वर्ष फागुन तेस्रो साता देखि यस क्षेत्रमा हिमपात भएको थियो। कात्तिक देखिनै चिसो बढे पनि हालसम्म हिउँ पर्न सकेको थिएन । दिउँसो देखि साँझसम्म पातलो भए पनि हिउँ झरिरहेकाले केही दिन हिउँ पर्ने वातावरण लम्बिन सक्ने अनुमान गरिएको कुरीका होटल संचालक नवराज पाख्रिनले बताए ।

हिमपात भएपछि यो वर्ष जिल्लाका पर्यटकीयस्थल कालिञ्चोक, शैलुङ, चेर्दुङ लगायतका स्थानहरूमा पर्यटक आउने अपेक्षा गरिएको छ  ।

हिउँमा रमाउन यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरूको भीड लाग्ने गर्दछ । हिमपात नहुँदा हिमाली क्षेत्रका कृषक तथा होटल व्यवसायीहरू चिन्तित थिए । हिमपात भएसंगै होटल बुकिङ हुन थालेको छन्।

सदरमुकाम चरिकोट देखि १८ किलोमीटर दुरीमा रहेको कालिञ्चाेकमा करिब ३ दर्जन सुविधासम्पन्न होटल तथा रेस्टुरेन्ट रहेका छन् भने, दुई दर्जन साधारण रहेका छन् ।

होटल व्यवसायी सँगै हिमपातका कारण हिउँदे आलु कृषक समेत खुसी देखिएका छन्। यता माथिल्लो क्षेत्रमा हिउँ परेको कारण चरिकोट लगायत जिल्लाभर चिसो बढेको छ।

सुबास बस्नेत 

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  ६ : २६ बजे

एमाले र प्रलोपाबीच चुनावी तालमेल, रुकुम पश्चिममा जनार्दनलाई भोट हाल्ने सहमति

काठमाडौं- प्रतिनिधिसभा निर्वाचन २०८२ लाई लक्षित गर्दै नेपाल कम्युनिस्ट पार्टी

ज्वाइँको खुकुरी प्रहारबाट ससुरा गम्भीर घाइते

संखुवासभा– जिल्लाको पाँचखपन नगरपालिका–८ आहालेमा धारिलो हतियार प्रहार हुँदा एक

शरीर बन्धक तथा ठगी गर्ने सातजना पक्राउ

काठमाडौं- नेपाल प्रहरीले शरीर बन्धक तथा ठगी गर्ने गिरोहलाई पक्राउ

१० न्यायाधीहरुको सरुवा र २० को पदस्थापना (सूचीसहित)

काठमाडौँ – न्याय परिषद्ले जिल्ला न्यायाधीशहरुको सरुवा निकालेको छ ।

जनगणनाका लागि ४४ सय कर्मचारी माग हुँदा १३ हजारले दिए दरखास्त

काठमाडौँ– राष्ट्रिय तथ्यांक कार्यालयले, राष्ट्रिय आर्थिक गणनाका लागि करारमा कर्मचारी