दोलखामा हिमपात, व्यवसायी र कृषक खुसी  « Khabarhub

दोलखामा हिमपात, व्यवसायी र कृषक खुसी 


२ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

दोलखा– हिमाली जिल्ला दोलखामा यस वर्षको पहिलो हिमपात मंगलबार देखि पर्न थालेको छ।

जिल्लाको माथिल्लो क्षेत्रकाे धार्मिक तथा पर्यटकीय स्थल कालिञ्चोक क्षेत्रमा मंगलबार दिउँसोबाट हिमपात भएको छ भने, शैलुङ र जिरीको चेर्दुङमा पनि दिउँसो देखिनै आंशिक हिमपात हुन् थालेको स्थानीयले बताएका छन् ।

कालिञ्चोकको कुरी तथा आसपासको क्षेत्रमामा  हिमपात भएपछि स्थानीय होटल व्यवसायी र आन्तरिक तथा बाह्र पर्यटक खुसी भएका हुन् ।

कालिन्चोक घुम्दै मन्दिर दर्शन गर्न पुगेका पर्यटकहरू हिउँमा रमाइरहेको स्थानीय होटल व्यवसायी चन्द्र तामाङले जानकारी दिए ।

समुद्री सतह देखि  तीन हजार आठ सय ४२ मिटर उचाइमा रहेको कालिञ्चोक क्षेत्रमा यो वर्षको पहिलो हिमपात माग लाग्ने बित्तिकै भएको तामाङले बताए । गत वर्षको तुलनामा यस क्षेत्रमा एक महिला अघि हिमपात भएको हो।

 

अघिल्लो वर्ष फागुन तेस्रो साता देखि यस क्षेत्रमा हिमपात भएको थियो। कात्तिक देखिनै चिसो बढे पनि हालसम्म हिउँ पर्न सकेको थिएन । दिउँसो देखि साँझसम्म पातलो भए पनि हिउँ झरिरहेकाले केही दिन हिउँ पर्ने वातावरण लम्बिन सक्ने अनुमान गरिएको कुरीका होटल संचालक नवराज पाख्रिनले बताए ।

हिमपात भएपछि यो वर्ष जिल्लाका पर्यटकीयस्थल कालिञ्चोक, शैलुङ, चेर्दुङ लगायतका स्थानहरूमा पर्यटक आउने अपेक्षा गरिएको छ  ।

हिउँमा रमाउन यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरूको भीड लाग्ने गर्दछ । हिमपात नहुँदा हिमाली क्षेत्रका कृषक तथा होटल व्यवसायीहरू चिन्तित थिए । हिमपात भएसंगै होटल बुकिङ हुन थालेको छन्।

सदरमुकाम चरिकोट देखि १८ किलोमीटर दुरीमा रहेको कालिञ्चाेकमा करिब ३ दर्जन सुविधासम्पन्न होटल तथा रेस्टुरेन्ट रहेका छन् भने, दुई दर्जन साधारण रहेका छन् ।

होटल व्यवसायी सँगै हिमपातका कारण हिउँदे आलु कृषक समेत खुसी देखिएका छन्। यता माथिल्लो क्षेत्रमा हिउँ परेको कारण चरिकोट लगायत जिल्लाभर चिसो बढेको छ।

सुबास बस्नेत 

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  ६ : २६ बजे

पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला

काठमाडौँ- गौशाला मूल सडकसँग जोडिएको पशुपति क्षेत्रको मूल मन्दिर प्रवेश

न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय हो : प्रधानन्यायाधीश राउत

काठमाडौँ– प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपरिषद् न्यायाधीश नियुक्त गर्ने निकायमात्र नभई

भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने

दोधारा चाँदनी (कञ्चनपुर)- प्यालेस्टि नी लडाकु समूह हमासले बन्धक बनाएको

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका दुईजनालाई

केन्द्रीय सदस्य हारेका विष्टले छोडे एमाले

काठमाडौँ- नेकपा (एमाले) का नेता ठम्मर विष्टले पार्टीको सम्पूर्ण जिम्मेवारीसहित